‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर

  • Technology Khabar | १२ पुष २०८०, बिहीबार
‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर

काठमाडौं ।

आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर  रुपमा रहने भएको छ।

“हङ्गकङ्ग पोखरा”, “तगारोमा रूमाल”, “लेककी हे माया”, “तिमी पारी”, “डाँडापारी” आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक-पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही २०८० पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा एक्सक्लुसिव टिकेटिङ पार्टनरको रुपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने जनाएको छ।

“कन्दरा ब्यान्डले नेपाली फोक-पप सङ्गीतको क्षेत्रमा पुर्‍याएको योगदान र नेपाली कला सङ्गीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान – पहिला घरदेश, अनि परदेशको नारालाई हामी आइएमई समूह पनि उत्तिकै गर्विलो तवरले वहन गर्दै  कन्दराको प्रत्यक्ष कार्यक्रममा सहभागि भई टिकटको विक्री-वितरण गर्दा हामी सङ्गीतको क्षेत्र, पर्यटनको क्षेत्र, र समग्र नेपालको आर्थिक क्षेत्रमा नै योगदान गरिरहेको महसुस गरेका छौं,” आइएमई पेका प्रमुख कार्यकारी अधिकृत  प्रवीण रेग्मीले भने।

प्रकाशित: १२ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार