मेरो कित्ता प्रणाली ५६ कार्यालयमा जोडियो, ९० ओटा मालपोत कार्यालयमा भू-सेवा प्रणाली

Technology Khabar १० पुष २०८०, मंगलवार

काठमाडौं ।

सरकारले थप ६ ओटा नापी कार्यालयहरूबाट नेलिस र मेरो कित्ता प्रणाली प्रयोग गरी कुल ५६ कार्यालयहरूबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्षको अवधिमा सम्पन्न गरेका प्रमुख कार्यहरूमध्ये ४१ बैङ्‍क तथा ६ स्थानीय तहहरूलाई नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार सेवा प्राप्‍त गर्ने व्यवस्था मिलाइएको उल्लेख छ।

यसका साथै सेवाग्राहीहरूले घरैबाट वा नजिकको भू-सेवा केन्द्रबाट जग्गासम्बन्धी कारोवार गर्नसक्ने गरी यस अवधिमा १५ केन्द्र थप गरी हालसम्म ९० ओटा मालपोत कार्यालयमा भू-सेवा प्रणाली सञ्‍चालनमा ल्याइएको समेत बताईएको छ।

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया