सूचना प्रविधि क्षेत्रमा लागेका युवाहरुको समस्या प्रधानमन्त्री आफैंले सुन्ने

Technology Khabar १० पुष २०८०, मंगलवार

काठमाडौं ।

सूचना प्रविधि क्षेत्रमा लागेका युवाहरुका लागि अवरोध भएका सबै गाँठाहरु फुकाउने र उनीहरुलाई सहजीकरण गरिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै यसको लागि आफैंले उनीहरुको गुनासो र समस्या सुन्ने बताए।

प्रधानमन्त्रीले चालु वर्षमा सूचना प्रविधिमा लागेका युवाहरुले देशभित्र ७० अर्ब भित्र्याएको जानकारीसमेत दिए।

यसका साथै उनले प्रविधिमैत्री पाठ्यक्रम बनाउने तयारी गरिएको समेत बताए।

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया