शार्पले २८८ हर्ज रिफ्रेस रेटसहितको १०० इन्चको टिभी लन्च गर्ने

Technology Khabar ९ पुष २०८०, सोमबार

काठमाडौं ।

जापानी इलेक्ट्रोनिक्स जायन्ट शार्पले चीनमा १००–इन्चको टिभी लन्च गर्नका लागि तयारी गरिरहेको र यो चिनियाँ इ–कमर्श प्लेटफर्ममा विवरणहरूका साथ अनलाइन लिस्टिङ्गमा देखा परेको छ।

आधिकारिक घोषणा आउन बाँकी नै रहेको अवस्थामा लिस्टिङ्गले आगामी प्रोडक्टको बारेमा विवरणहरू प्रदान गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

टिभीले अल्ट्रा–स्मूथ भिजुअल्सका लागि प्रभावशाली २८८ हर्ज रिफ्रेस रेटका साथै एनहान्स्ड कन्ट्रास्ट र एचडीआर पर्फमेन्सका लागि २२४–जोन ब्याकलाइटिङ बोस्ट गर्ने जनाइएको छ। साथै सिमलेस, टियर–फ्री गेमप्लेको लागि भीआरआर (भेरिएबल रिफ्रेस रेट) र एएलएलएम (अटोमेटिक लो लेटन्सी मोड) को समर्थनको लागि गेमरहरूले सराहना गर्ने थप उल्लेख गरिएको छ।

कनेक्टिभिटी अप्सनमा समावेश रहेको एचडीएमआई २.१ पोर्टले गेमहरुको हाई फ्रेम रेट स्ट्रिमिङलाई सीधै टिभीमा इनेबल गर्ने उल्लेख गरिएको छ।

यसमा क्वाड–कोर प्रोसेसरलाई ४ जीबी र्याम र १२८ जीबी स्टोरेजको साथ पेयर्ड गरिएको उल्लेख छ। त्यसैगरी अडियोतर्फ बिल्ट–इन ६० वाट स्पिकर सिस्टम रहेको छ।

लिस्टिङ्गले यसको प्रि–सेल मूल्य २९,९९९ युआन (लगभग ४,३०० अमेरिकी डलर) भएको र डिसेम्बर ३१ मा लन्च हुने संकेत गरेको छ। यद्यपी शार्पले यी विवरणहरूलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन्।

यसअघि, शार्पले गत नोभेम्बरमा शार्प एफक्यू८ र शार्प एफक्यू५ गरी दुई नयाँ ओटा टिभीहरू पनि अनावरण गरेको थियो। दुबै टिभीहरू १२० हर्ज नेटिभ रिफ्रेस रेट र ५०० निट्स सम्मको पिक ब्राइटनेस भएका ४के टिभीहरू थिए।

यसबाहेक, टिभी गुगल टिभी ओएससँग प्रि–इन्स्टल्ड भएर आउने छ। साथै अडियोको लागि शार्पले डल्बी एटमस सर्टिफिकेसन सहितको १५ वाट स्पिकर र सबवुफर प्रदान गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: ९ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया