क्यान महासंघका अध्यक्ष पोदार एफएनसीसीआईको आईसीटी समितिको उपसभापतिमा मनोनित

  • Technology Khabar | ५ पुष २०८०, बिहीबार
क्यान महासंघका अध्यक्ष पोदार एफएनसीसीआईको आईसीटी समितिको उपसभापतिमा मनोनित

काठमाडौं ।

क्यान महासंघको अध्यक्ष रणजित कुमार पोदारलाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले सूचना तथा सञ्चार प्रविधि विकास (आईसीटी) समितिको उपसभापतिमा मनोनित गरेको छ।

एफएनसीसीआईले कार्यकारिणी सदस्य शक्तिकुमार बेगानीको सभापतित्वमा रहेको उक्त समितिमा क्यानका अध्यक्ष पोदारलाई मनोनित गरेको हो।

उनलाई बुधबार एक कार्यक्रमका बिच एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकालले मनोनित गरिएको  प्रमाणपत्र प्रदान गरेका छन्।

यसका साथै उक्त समितिमा क्यान महासंघको निवर्तमान अध्यक्ष नवराज कुँवर र पूर्व अध्यक्ष विप्लव मान सिंहलाई सल्लाहकारमा मनोनित गरिएको छ।

उक्त कमिटीमा सदस्यहरु समेत मनोनित गरिएको छ।

प्रकाशित: ५ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NASA, Boeing outline next steps for Starliner

  • Technology Khabar
  • ५ पुष २०८०, बिहीबार