फेसबुक मार्फत नाबालिकालाई दुर्व्यवहार गर्ने फरार अहमद दुबईबाट पक्राउ

Technology Khabar ५ पुष २०८०, बिहीबार

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नाबालिकालाई अश्लील क्रियाकलापद्वारा बारम्बार दुःख, हैरानी तथा मानसिक यातना दिने सगीर अहमद दुबईबाट पक्राउ परेको छ।

नाबालिकालाई अश्लील क्रियाकलापद्वारा बारम्बार दुःख, हैरानी तथा मानसिक यातना दिएको अभिभावको उजुरीको आरोपमा नेपाल प्रहरी साइबर ब्यूरोले इन्टरपोलको सहयोगमा रेड कर्न नोटिस जारी गरी दुबईबाट पक्राउ गरेको हो।

स्थायी घर प्युठान सरुमारानी गाउँपालिका वडा नंम्बर १ का अहमदलाई विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरेर खोजतलास गर्ने क्रममा वैदेशिक रोजगारीमा दुबईमा रहेका बेला पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए।

प्रकाशित: ५ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया