Technology Khabar २९ मंसिर २०८०, शुक्रबार
काठमाडौं ।
टेस्लाले तयार पारेको ह्युमनोइड रोबोटको नयाँ संस्करण अप्टिमस जेन २ रिलिज हुन लागेको छ। अप्टिमस जेन २ न्यू ह्याण्ड (नयाँ हात) र फुट फोर्स (खुट्टा बल) सेन्सिङ सुधारहरूका साथ आउने अनुमान गरिएको छ।
यसको सबै औंलाहरूमा ट्याक्टिकल सेन्सिङ (स्पर्श गर्ने) रहेको र आफ्नो पूर्ववर्ती भन्दा यो नयाँ रोबोट धेरै नै फास्टर (छिटो) र लाइटर (हल्का) पनि भएको उल्लेख छ।
नयाँ टेस्ला रोबोट पहिले भन्दा लगभग ३० प्रतिशत छिटो चल्ने र पहिलो अप्टिमस रोबोट अनावरण भएको ९ महिना पछि आउने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
नयाँ टेस्ला ह्युमनोइड रोबोटको पर्फमेन्स र इनडुरेन्स क्यापाबिलिटिज (प्रदर्शन र सहनशीलता क्षमताहरू) भने यसको आफ्नो पूर्ववर्तीको जस्तै कायम राखिएको छ। नयाँ हातहरूले संवेदनशील र नाजुक वस्तुहरूलाई राम्रोसँग ह्यान्डल गर्नको लागि ११ डिग्रीसम्मको स्वतन्त्रता प्रदान गर्नेछ। साथै रोबोटले फुट फोर्स/टर्क सेन्सिङ र मानव खुट्टाको नक्कल गर्ने औँलाको खण्डको अतिरिक्त २ डिग्री स्वतन्त्रता प्रदान गर्ने उल्लेख गरिएको छ।
यो विभिन्न प्रकारका एप्लिकेसनहरूको लागि प्रयोग गर्न सकिने र यसको एआई कार्यक्षमता पनि महत्त्वपूर्ण भएको थप उल्लेख छ।
अप्टिमस जेन २ ह्युमनोइड रोबोटमा इन्टिग्रेटेड सर्किट र हार्नेसिङका साथै एक्चुएटर्स र सेन्सर्स समावेश गरिएको छ। साथै अघिल्लो मोडलको तुलनामा अप्टिमस जेन २ को १० किलोग्राम तौल घटाइएको छ। त्यसैगरी रोबोटसँग राम्रो सन्तुलनका साथै रोबोटको सम्पूर्ण शरीरको नियन्त्रण रहेको उल्लेख गरिएको छ। टेस्लाले एक जोडी डान्सिङ्ग रोबोटको पोस्चर कन्ट्रोल (मुद्रा नियन्त्रण) सुधारहरू प्रदर्शन गरेको जनाइएको छ।
अप्टिमस जेन २ को भिडियो एक्स (पहिले ट्विटर) मा पोस्ट गरिएको र रोबोटका धेरै भागहरू हाइलाइट गरिएको छ। उक्त भिडियोले रोबोटले अण्डालाई कुशलतापूर्वक ह्यान्डल गरेको देखाएको र नयाँ मोडलको सुधारलाई प्रस्तुत गरेको छ।
यद्यपी टेस्लाले अप्टिमस जेन २ को रिलीज मिति र मूल्यको बारेमा कुनै निश्चित जानकारी प्रदान गरेको छैन् ।
प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार