सरकारलाई टिकटकले पठायो पत्र

  • Technology Khabar | २० मंसिर २०८०, बुधबार
सरकारलाई टिकटकले पठायो पत्र

काठमाडौं ।

सामाजिक सञ्जाल टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार टिकटकले पत्रमा स्वनियमनका मान्यताअनुसार अघि बढ्ने प्रस्ट पारेको छ।

टिकटकले आफ्नो टोली नेपालमा रहेको जनाउँदै छलफलमार्फत अघि बढ्न आग्रह गरेको छ। उनले भने, “टिकटकले पत्र पठाएको छ। स्वनियमनका मान्यता र सरकार तथा मन्त्रालयले भनेका कुरा मान्न चाहन्छौँ, छलफल गर्न चाहन्छौँ भनेर पत्र लेखेको छ।” यसबारेमा सरकारले कुनै निर्णय गरेको छैन।

सरकारले कात्तिक २७ गते टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटक प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने निर्णय गरेको थियो। गोरखापत्रबाट

प्रकाशित: २० मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...