एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान

Technology Khabar १३ मंसिर २०८०, बुधबार

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ।

यस प्रतियोगितामा १८ वर्षिय सजिल बस्नेत र उनको समुहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको छ । सन्तोष शाक्य र उनको समुहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षिय प्रयत्न थापा र उनको समुहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ ।

प्रतियोगितामा सहभागीता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ–आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए । प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो र प्रकाश नगरी र उनको समुहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले आफ्नो उत्साह प्रकट गर्दै भने, “विजयीहरुलाई धेरै धेरै बधाई । दीदी र भाइको विशेष सम्बन्धलाई ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत प्रस्तुत गर्दै यस प्रतियोगितामा सहभागीता जनाउने हरेक व्यक्ति तथा समुहरुहरुलाई धन्यबाद दिन चाहन्छु। यो प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्नुहुन्छ। स्टोरीटेलिङ् एउटा महत्वपूर्ण सीप हो र यसले हाम्रा समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दाहरूलाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्दछ ।”

यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, “एक ब्रान्डको रूपमा स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु हाम्रो जिम्मेवारी हो । यसै अन्तर्गत हामी एक सानो भूमिका खेलिरहेका छौं तर भविष्यका लागि स्थानीय उदीयमान सर्जकहरूलाई अझ ठूलो र राम्रो गर्न सक्षम बनाउन प्लेटफर्म प्रदान गर्न पाउँदा खुसी छौं।”

स्थानिय कन्टेन्ट अर्थात सामाग्री र प्रतिभाको विकासमा सहयोग पुर्याउने हेतुले आयोजना गरिको यो प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समुहलाई लक्षित रहेको थियो।

“हामी जस्ता युवालाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरिदिनु भएकोमा एनसेललाई धेरै धन्यवाद । यस लघु चलचित्र प्रतियोगितामा विजयी हुन पाएकोमा हामी धेरै खुसी छौं । जुनसकै पृष्ठभुमिबाट आएका र चलचित्र निर्माणका क्षेत्रमा चाख राख्ने हामी जस्ता मानिसहरुलाई यस किसिमको अवसरले आफ्नो प्रतिभा देखाउन र चिनाउन ठूलो प्रोत्साहन दिन्छ।” बिजेता सहभागीले भने।

विजयीहरुको घोषणा भाइटीकाको दिन गरिएको थियो र उत्कृष्ट लघु चलचित्रहरु सोही दिन एनसेलको सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिएको थियो। आफ्नो उत्साह व्यक्त गर्दै निर्णायक मण्डलका सदस्यहरुले यस प्रतियोगितामा देखिएको उल्लेखनीय सहभागिताले हाम्रो देशमा थुप्रै प्रतिभाहरु रहको स्पष्ट पारेको जनाए।

यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरुले दीदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्ने शर्त रहेको थियो । साथै ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गनुपर्ने शर्तहरु थिए ।

प्रकाशित: १३ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया