Technology Khabar १३ मंसिर २०८०, बुधबार
काठमाडौं ।
ताइवानको सेमीकन्डक्टर जायन्ट मिडियाटेकले बेलायतमा आगामी पाँच वर्षमा १२.५९ मिलियन अमेरिकी डलरको लगानीको घोषणा गरेको छ। कम्पनीको यस घोषणालाई बेलायतमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिक कदमको रुपमा हेरिएको छ।
२०२३ ग्लोबल इन्भेष्टमेन्ट समिट लन्डनको पूर्वसन्ध्यामा गरिएको यो घोषणाले बेलायतको बढ्दो स्टार्टअप परिदृश्यमा इनोभेसनलाई बढावा दिने कम्पनीको प्रतिबद्धतालाई जोड दिन्छ।
पछिल्लो समय बेलायत सरकारले प्रत्यक्ष वैदेशिक लगानीलाई बढवा दिइरहेको छ।
बेलायत हाल १४० भन्दा बढी युनिकोर्न उद्यमहरू र १ बिलियन पाउण्डभन्दा बढी मूल्यको निजी स्वामित्वको स्टार्टअपहरूलाई होस्ट गर्दै, युरोपमा इनोभेसनका लागि एक प्रमुख हबको रूपमा उभिएको गिज्मोचाइनाले उल्लेख गरेको छ। यो संख्या जर्मनी, फ्रान्स र स्वीडेनको संयुक्त गणनालाई उछिनेको छ। जसले यूकेमा विकासको अवसर खोज्ने कम्पनीहरूका लागि आकर्षक गन्तव्य बनाउँछ।
मिडियाटेक पहिले देखि नै क्याम्ब्रिज र केन्टमा कार्यालयहरू सहित युकेमा सञ्चालन छ। अनुसन्धान र विकासमा ध्यान केन्द्रित गर्दै कम्पनीले भर्खरैका सहकार्यहरू मार्फत यस क्षेत्रप्रति आफ्नो प्रतिबद्धतालाई बलियो बनाएको छ।
मिडियाटेकले बुलिट समूहसँगको संयुक्त उद्यमले स्मार्टफोन र अन्य डिभाइसका लागि टु–वे स्याटेलाइट सञ्चार प्रविधिलाई अघि बढाउने लक्ष्य राखेको छ। यसका अतिरिक्त इनमारस्याट पीएलसीसँगको साझेदारीको उद्देश्य ग्राहकलाई स्याटेलाइट सञ्चार सेवा प्रदान गर्ने रहेको छ। जुन अत्याधुनिक प्राविधिक विकासहरूमा मिडियाटेकको समर्पणलाई हाइलाइट गर्छ।
विश्वबजारमा मिडियाटेक इन्टिग्रिटेड सर्किट (आईसी) डिजाइनरको रुपमा पाँचौ ठूलो कम्पनी हो। यस वर्षको दोस्रो क्वाटरमा ३.२ बिलियन अमेरिकी डलर आर्थत कुल बजारमा ८.४ प्रतिशत हिस्सा ओगटेको छ। सेमीकन्डक्टर उद्योगमा पनि कम्पनी एक महत्वपूर्ण खेलाडी हो।
प्रकाशित: १३ मंसिर २०८०, बुधबार