Technology Khabar १३ मंसिर २०८०, बुधबार
काठमाडौं ।
भारतीय टेक कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेस (टीसीएस)लाई अमेरिकी अदालतले टीसीएसलाई २१ करोड डलर जरिवाना लगाएको छ। टाटा ग्रुप अन्तरगतको कम्पनीलाई अर्को सफ्टवेयर कम्पनी डीएक्ससी टेक्नोलोजीले व्यापार गोप्य चोरी गरेको आरोप लगाएको थियो।
डीएक्ससी पहिले सीएससीको रूपमा चिनिन्थ्यो। डीएक्ससी मुद्दाको सुनुवाई गर्दै टेक्सासको एक अदालतले यस्तो निर्णय दिएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्। यद्यपि, टीसीएसले निर्णयमा आपत्ति जनाएको छ र यो मुद्दालाई फेरि ट्रायलमा लैजाने बताएको छ।
गत हप्ता मात्र, टिसीएसलाई एपिक सिस्टम्स मामिलामा १४० मिलियन डलर जरिवाना गरिएको थियो। अमेरिकी अदालतका यी निर्णयका कारण टीएससीलाई ठूलो नोक्सान हुने सम्भावना छ।
एक साताअघि अमेरिकी सर्वोच्च अदालतले एपिक सिस्टम्सको याचिकामा सुनुवाइ गर्दै टीसीएसलाई १४ करोड डलर जरिवाना लगाएको थियो। त्यसबेला पनि भारतीय कम्पनीमाथि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेको थियो। यसपछि टीसीएसले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १२ करोड ५० लाख डलर घाटा हुने अपेक्षा गरेको जानकारी दिएको थियो।
जागिर दिएर सफ्टवेयर बारे जानकारी जम्मा
सीएससी र ट्रान्सअमेरिका सन् २०१४ मा साझेदारीमा प्रवेश गरे। टीएससी ट्रान्सअमेरिकासँगको सहकार्यमा काम गरिरहेको थियो। यसपछि २०१९ मा डीएक्ससीले टिसीएसलाई ट्रान्सअमेरिकाका २२ सय कर्मचारीलाई काम दिएको आरोप लगाएको थियो। ती कर्मचारीहरुको सहयोगमा उसले सीएससी सफ्टवेयरको बारेमा ज्ञान पाएको आरोप छ।
डीएक्ससी टेक्नोलोजी कम्प्यूटर साइन्सेस कर्पोरेशन र अपाचेको विलय द्वारा गठन भएको थियो। अदालतले टीसीएसले डीएक्ससीका दुई सफ्टवेयर प्रयोग गरेर आफ्नो सफ्टवेयर सिर्जना गरेको बताएको छ। जसका कारण उनीहरुमाथि व्यापार गोप्य चोरीको आरोप प्रमाणित भएको छ।
तर भारतीय टेक कम्पनी टीसीएसका प्रवक्ताले यो निर्णयको सम्मानपूर्वक विरोध गर्दै उच्च अदालत जाने बताएका छन्।
प्रकाशित: १३ मंसिर २०८०, बुधबार