शाओमी प्याड ७ प्रो स्न्यापड्रागन ८ जेन २ चिपसेटमा आउने

Technology Khabar १३ मंसिर २०८०, बुधबार

काठमाडौं ।

शाओमीले यस वर्षको सुरुवातमा आफ्नो प्याड ६ सिरिज सार्वजनिक गरेको थियो। रिपोर्ट अनुसार कम्पनी पहिलेदेखि नै आफ्नो ट्याबलेट रेञ्जको पछिल्लो जेनेरेसनमा काम गरिरहेको छ। नयाँ डिभाइसमा कम्पनीले प्रोसेसर र डिस्प्लेमा अपग्रेड गर्ने योजना बनाएको छ।

जीएसएमचाइनाका अनुसार शाओमी प्याड७ प्रोको कोडनेम सेङ राखिएको छ। शाओमीले आफ्नो ट्याबलेट लाइनअपको लागि कोडनेमको रुप्मा म्यूजिकल इन्ट्रुमेन्टल प्रयोग गर्ने अभ्यासमा आधारित छ। यसको मोडल नम्बर ‘एन८१ए’ दिइएको छ।

रिपोर्टका अनुसार शाओमी प्याड ७ प्रो गत वर्षको फ्ल्यागशिप स्न्यापड्रागन ८ जेन २ प्रोसेसर दिइने सम्भावना छ। यसले प्याड ६ प्रोको भन्दा प्रदर्शन बढ्ने विश्वास गरिएको छ। प्याड ६ प्रोमा स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेट दिइएको थियो।

प्याड ७ प्रोमा १४८० वाई २३६७ को रिजोल्युसन र १४४ हर्जको रिफ्रेस रेटका साथ १० इन्चको एलसीडी डिस्प्ले हुन सक्छ।

ट्याब्लेटमा प्राइमरी सेनसर र डेप्थ सेन्सरको साथमा डुअल रियल क्यामरा सेटअप हुन सक्छ। यस्तो अघिल्लो र पछिल्लो क्यामराहरुको स्पेसिफिकेशनको जानकारी गोप्य नै छ।

एन्ड्रोइड १४ मा सञ्चालित हुने ट्याबलेटमा शाओमीको नयाँ हाइपरओएस डल्बीको सपोर्टमा एक क्वाड स्टेरियो स्पीकर सेटअपका साथ आउन सक्छ।

प्रकाशित: १३ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया