
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले २० करोड फोन बजारमा पठाएपछि प्रिमियम फोन लन्च गर्ने तयारी गरेको छ।
रियलमीले पहिलो रियलमी उत्पादन १६ मे २०१८ मा रिलिज भएदेखि २०० मिलियन भन्दा बढी फोनहरू पठाएको हो।
कम्पनीले एक्समा घोषणा गरेअनुसार अब प्रिमियम फोन लन्च गर्ने विभिन्न रिपोर्टहरुमा उल्लेख छ। तर प्रिमियम फोन कहिले आउनेछ भन्ने स्पष्ट छैन्।
रियलमी नेपाली उपभोक्ताहरु माझ समेत बजेट र मिडरेन्जको ब्राण्डको रुपमा परिचित रहेको छ।
कम्पनी बीबीके इलेक्ट्रोनिक्सको स्वामित्वमा छ, जुन ओप्पो र भिभो ब्रान्डहरूको अभिभावक पनि हो।
प्रकाशित: १३ मंसिर २०८०, बुधबार