Technology Khabar ८ मंसिर २०८०, शुक्रबार
काठमाडौं ।
नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालुआर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्यांक अनुसार कार्तिक मसान्तसम्म ११ अर्ब ५३ करोड ९ लाख ५ हजार रुपैयाँ बराबरको ७ लाख ७१ हजार ३२६ यूनिट स्मार्टफोन आयात भएको छ।
चालु आवमा स्मार्टफोनको आयातबाट सरकारले २ अर्ब १४ करोड ९२ लाख ३१ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० को कार्तिक मसान्तमा १० अर्ब १० करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरको ९ लाख ७१ हजार १४ यूनिट स्मार्टफोन आयात भएको थियो।
गत आवमाको तुलनामा चालु आवको सोही अवधिमा स्मार्टफोनको आयात संख्यामा घटेको र रकम भने बढेको देखिन्छ। स्मार्टफोनको आयात १ अर्ब ४२ करोड १० लाख १२ हजार रुपैयाँ बढेको छ भने आयात संख्या भने १ लाख ९९ हजार ६८८ यूनिटले घटेको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ४५ मुलुकबाट स्मार्टफोन आउने गरेको देखिन्छ।
नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। नेपालमा आउने स्मार्टफोनमध्ये चीनको हिस्सा ६९.०३ प्रतिशत रहेको छ।
चीनबाट ७ अर्ब ९६ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको ५ लाख ५८ हजार ५६ यूनिट स्मार्टफोन आयात भएको छ।
स्मार्टफोन आयातको हिसाबले भारत दोस्रो स्थानमा छ। नेपाली स्मार्टफोन बजारमा भारतबाट आउने हिस्सा २९.७३ प्रतिशत रहेको छ।
भारतबाट ३ अर्ब ४२ करोड ८३ लाख ३४ लाख रुपैयाँ बराबरको २ लाख ११ हजार ५१४ यूनिट स्मार्टफोन आयात भएको छ।
बाँकी ४३ मुलुकबाट १.२४ प्रतिशत आर्थत १४ करोड २२ लाख ७८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।
प्रकाशित: ८ मंसिर २०८०, शुक्रबार