Technology Khabar ५ मंसिर २०८०, मंगलवार
काठमाडौं ।
सामसङले ग्यालेक्सी अनप्याक्ड २०२४ इभेन्टमा नयाँ डिभाइस लन्च गर्ने अनुमान गरिएको छ। ग्यालेक्सी अनप्याक्ड २०२४ इभेन्ट जनवरीमा आयोजना हुने चर्चा छ।
अनप्याक्ड इभेन्टमा ग्यालेक्सी एस२४ सिरिजका साथै सामसङले सम्भावित रुपमा नयाँ ग्यालेक्सी रिङ र अन्य धेरै महत्वपूर्ण एआई उत्पादनहरु सार्वजनिक गर्न सक्ने एचटी टेकले रिपोर्ट गरेको छ।
गत वर्ष सामङले दुई ओटा अनप्याक इभेन्ट आयोजना गरेको थियो। उक्त कार्यक्रममा सामसङले ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५, ग्यालेक्सी एस२३ सिरिज सार्वजनिक गरेको थियो। नयाँ वर्ष नजिकिँदै गर्दा आगामी ग्यालेक्सी एस२४ उक्त कार्यक्रममा घोषणा गरिने सम्भावना छ।
टप गाइडका अनुसार यसको घोषणा जवरीको मध्यमा हुन सक्छ। एप्पल आईफोन १५ सिरिज र गुगल पिक्सेल ८ सिरिज बजारमा उपलब्ध भइसकेकाले सामसङले आफ्नो ग्राहकलाई कायम राख्न कार्यक्रममा नयाँ उत्पादन घोषणा गर्ने योजना बनाइरहेको छ।
अनप्याक इभेन्टमा सामसङले ग्यालेक्सी एस२४ सिरिज घोषणा गर्नेछ। यस सिरिजमा ग्यालेक्सी एस२४, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ अल्ट्रा हुनेछ। ग्यालेक्सी एस२४ अल्ट्रामा गुगल पिक्सेल ८ लाईनअप जस्तै आर्टिफिसियल इन्टेलिजेन्स क्षमताहरु समावेश हुने अनुमान गरिएको छ।
साथै रिपोर्ट अनुसार कार्यक्रममा सामसङ रिङ पनि घोषणा गरिनेछ। यो एक वेयरएवल टेक्नोलोजी हुनेछ। यो प्रयोगकर्ताको फिटनेस मोनिटर गर्न सक्षम हुनेगरी डिजाइन गरिएको छ।
प्रकाशित: ५ मंसिर २०८०, मंगलवार