Technology Khabar ४ मंसिर २०८०, सोमबार
काठमाडौं ।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा आज (सोमबार) सुनुवाई हुन सकेन। सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइने सूचीमा परेका छ।
गत २७ कार्तिकमा मन्त्रिपरिषद्ले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका छन्।
अधिवक्ताहरु अन्नतराज लुईटेल, फसुराम पाण्डे, दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, डा. सुनिल रञ्जन सिंह, भद्रप्रसाद नेपाल, अन्जन धिताल, रामकृष्ण बन्जारा र यज्ञमणी न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण लगायतलाई विपक्ष बनाई शुक्रबार रिट दायर गरेका थिए।
टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो। तर उक्त रिट हेर्न नभ्याउने सूचीमा राखिएको हो।
न्यायाधीश कुमार चुडालको अर्को इजलास पनि भएको हुँदा टिकटक प्रतिबन्ध विरुद्धको रिट हेर्न नभ्याइनेमा सूचीमा राखिएको हो।
प्रकाशित: ४ मंसिर २०८०, सोमबार