शाओमीको इलेक्ट्रिक कार एसयू७ को विवरण बाहिरियो, २०२४ को सुरुवातमा डेलिभरी सुरु हुने

  • Technology Khabar | १ मंसिर २०८०, शुक्रबार
शाओमीको इलेक्ट्रिक कार एसयू७ को विवरण बाहिरियो, २०२४ को सुरुवातमा डेलिभरी सुरु हुने

काठमाडौं ।

इलेक्ट्रोनिक्स जायन्ट चिनियाँ कम्पनी शाओमी अटो बजारमा पनि आफ्नो प्रभाव कायम गर्ने योजना अग्रसर भइरहेको छ। यस्तोमा शाओमीको बहुप्रतिक्षित पहिलो ईभी एसयू७ को केही विवरण बाहिरिएका छन्।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) को नियामक फाइलिङ मार्फत आधिकारिक तस्बिरसहित गाडीको मुख्य विशेषताहरू प्राप्त भएको हो।

शाओमी ईभी दुई मोडल नम्बर बीजे७०००एमबीईभीआर२ यो सिंगल मोटर भेरियन्ट र बीजे७०००एमबीईभीए१ डुअल मोटर भेरियन्टमा उपलब्ध छ। एसयू७ ४९९७ एमएम लामो, १९६३ एमएम चौडा, १४५५ एमएम अग्लो र ३००० एमएम ह्वीलवेसको रहेको छ। शाओमीको ईभी आफ्नो मुख्य प्रतिस्पर्धी टेस्ला मोडेल ३ र नियो ईटी५ भन्दा लामो र चौडा छ।

यसको अधिकतम स्पीड २१० किलोमिटर प्रति घण्टा छ। फाइलिङले यो ईभी शाओमीको नभएर बीएआईसीले उत्पादन गरेको भनेर देखाउँछ।

शाओमीले सिंगल मोटर एसयू७, एसयू७ प्रो र एसयू७ म्याक्स गरी तीन प्रकारको कार बिक्री गर्ने एरिनाईभीले उल्ल्ेख गरेको छ।

सिंगल मोटर एसयू७ मा २२० किलोवाट (२९५ एचपी)को मोटर छ। यो यूनाइटेड अटोमोटिभ इलेक्ट्रिक सिस्टम्सले बनाएको छ। यो बोस र झोन्गलियन अटोमोटिभ इलेक्ट्रोनिक्सको जोइन्ट भेन्चर (संयुक्त उद्यम) हो। एसयू७ प्रो र एसयू७ म्याक्समा रहेको दुई मोटर २२० किलोवाट (२९५ एचपी) र २७५ किलोवाट (३६८ एचपी) आउटपुटमा संयुक्त रुपमा ६०० एचपी प्रदान गर्छ।

एसयू७ मा बीवाईडी सम्बद्ध फिनड्रिम्र्सद्वारा आपूर्ति गरिएको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ। एसयू७ प्रो र एसयू७ म्याक्समा सीएटीएलको लिथियम आयन टर्नरी ब्याट्री प्रयोग गरिएको छ। शाओमीको एसयू७ ले ८००भी आर्किटेक्चर प्रयोग गरेको विश्वास गरिएको छ।

थप फिचरको रुपा अटोनोमस ड्राइभिङ समावेश छ। यो रुफ माउन्ट लाइडर सिस्टमबाट सञ्चालित छ।

रिपोर्टका अनुसार शाओमीले एसयू७ को ठूलो उत्पादन डिसेम्बरदेखि सुरु गर्ने र सम्भवत २०२४ को फेब्रुअरीमा लन्च हुन सक्छ। एसयू७ को मूल्य ४० हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ।

प्रकाशित: १ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...