टिकटक माथिको प्रतिबन्ध विकृति रोक्न सरकारको प्रयासः सञ्चार मन्त्री शर्मा

  • Technology Khabar | ३० कार्तिक २०८०, बिहीबार
टिकटक माथिको प्रतिबन्ध विकृति रोक्न सरकारको प्रयासः सञ्चार मन्त्री शर्मा
फाइल तस्विर

काठमाडौं ।

टिकटक माथिको प्रतिबन्ध विकृति रोक्ने सरकारको पछिल्लो प्रयास भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्।

प्युठानको प्युठान नगरपालिका वडा नम्बर ७ स्थित पुण्यखोलामा आज (बिहीबार) आयोजित ऐतिहासिक तथा सांस्कृतिक डल्ले सराय मेला २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।

मौलिक संस्कृतिको संरक्षणका साथै विकृति विसङ्गति हटाउँदै लग्नु पनि सरकारको दाहित्व भएको स्पष्ट पार्दै उनले टिकटकमा रोक लगाउनु विकृति रोक्ने सरकारको पछिल्लो प्रयास भएको बताइन्।

मन्त्री शर्माले अन्य सामाजिक सञ्जालको व्यवस्थापनका लागि पनि सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका जारी गरिएको स्पष्ट पारिन्। साथै सामाजिक सञ्जाल ऐन निर्माणको तयारी थालिएको पनि जानकारी दिइन्।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। टिकटकले सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले यसलाई बन्द गर्ने निर्णय गरिएको हो।

प्रकाशित: ३० कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...