कर सचेतनामूलक भिडियो प्रतियोगिता हुँदै

  • Technology Khabar | ३० कार्तिक २०८०, बिहीबार
कर सचेतनामूलक भिडियो प्रतियोगिता हुँदै

काठमाडौं ।

करसम्बन्धी विविध जानकारीको अभावमा सेवाग्राही प्रभावित हुँदै गएको भन्दै स्याङ्जामा‘कर सचेतनामूलक भिडियो प्रतियोगिता’ गरिने भएको छ।

करदाता सेवा कार्यालय स्याङ्जाले कर सप्ताहको अवसरमा सचेतनामूलक छोटो भिडियो प्रतियोगिता आयोजना गरेको हो। करदाता सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख विजय भुसालकाअनुसार मङ्सिर १ गतेदेखि ७ गतेसम्म मनाइने कर सप्ताहको अवसर पारेर कर सचेतनामूलक सर्ट (छोटो) भिडियो प्रतियोगिता आयोजना गरिएको हो।

फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोग गरेर समेत भिडियो निर्माण गर्न सकिने प्रमुख भुसालको भनाई छ। भिडियो कर सचेतनामूलक हुनुपर्ने र एक मिनेटभन्दा छोटो हुनुपर्ने उन भनाइ छ।

भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिसकेपछि सञ्जालमा आउने प्रतिक्रिया र निर्णायकको निर्णयअनुसार विजेता घोषणा गरिने कर कार्यालयले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने सबैले आफूले निर्माण गरेको भिडियो मङ्सिर १ गतेभित्र कार्यालयमा प्राप्त हुने गरी इमेल वा ह्वाट्सएप गर्न सकिने भुसालले बताए।

कर सचेतनामूलक छोटो भिडियो प्रतियोगितामा उत्कृष्ट हुनेले नगद रु ५ हजार र अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ।

कर सप्ताहकै अवसरमा कार्यालयले विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...