एनसेलका ७ जना भाग्यशाली ग्राहकले पाए स्कुटर बम्पर पुरस्कार

  • Technology Khabar | २४ कार्तिक २०८०, शुक्रबार
एनसेलका ७ जना भाग्यशाली ग्राहकले पाए स्कुटर बम्पर पुरस्कार

काठमाडौं ।

बम्पर पुरस्कार हस्तान्तरणको यो रोमाञ्चक हप्तामा एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा संचालन गरिएको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत बम्पर पुरस्कार स्वरुप ७ जना विजयी ग्राहकहरुले १–१ स्कुटर वटा स्कुटर जितेका छन् ।

एनसेल आजियाटा लिमिटेडले बिहीबार योजनाको अन्तिम स्कुटर वितरण गर्दै सबै ७ जना ग्राहकलाई स्कुटर हस्तान्तरण गर्ने काम सम्पन्न गरेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बुधबार नयाँ बानेश्वर एनसेल सेन्टरबाट एक बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका थिए । बिहीबार कास्कीका अशेष पालिखेलाई एनसेल सेन्टर पोखरामा एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले बम्पर पुरस्कार हस्तान्तरण गरेकी थिईन्। अभिनेत्री केकी अधिकारी र प्रियंका कार्कीले मङ्गलबार र बुधबार विराटनगर, जनकपुर, धनगढी र भैरहवास्थित एनसेल सेन्टरमा बम्पर पुरस्कार विजेताहरुलाई स्कुटर हस्तान्तरण गरेका थिए।

यसबाहेक विराटनगर, जनकपुर, भैरहवा र हेटौंडाको बम्पर पुरस्कार हस्तान्तरण कार्यक्रममा एनसेलका प्रतिनिधीहरु लेना केशरी कंसाकार (एक्टिङ् सीटीओ), विशाल नेगी (प्रोडक्टस् डाईरेक्टर), विशाखा लक्ष्मी खड्का (कर्पोरेट कम्युनिकेसन एण्ड सीएसआर म्यानेजर), अनुषा प्रधानाङ (ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर), र राजेश मानन्धर (कोर प्रोडक्टस् एण्ड डिभाइस म्यानेजर)को सहभागिता रहेको थियो।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरु प्राप्त गरेको थियो ।

“हाम्रो यस योजनामा ग्राहकहरूको सक्रिय सहभागिताबाट हामी एकदमै हौषिएका छौं । यसले ग्राहकहरुले हाम्रा सेवाहरुलाई कसरी लिएका छन् भनेर स्पष्ट झल्काउँछ । हामी हाम्रा ग्राहकहरूलाई सधैं प्राथमिकता राख्छौ र उनीहरूको भावना बुझेर आवश्यक सुधार गर्दछौं,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसीनले भने ।

यो योजना भाद्र ३१ बाट सुरु भई २८ दिनसम्म चलेको थियो । साप्ताहिक बोनस ब्यालेन्स विजेता र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए ।

यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरुलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो । यस योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए।

बम्पर पुरस्कार हस्तान्तरणकै अवसर पारी एनसेलले मंगलबार र बुधबार दिउँसो विराटनगर, धनगढी, जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो।

प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार