इलन मस्कको स्टारलिंक भारतको इन्टरनेट बजारमा प्रवेश गर्दै

  • Technology Khabar | २४ कार्तिक २०८०, शुक्रबार
इलन मस्कको स्टारलिंक भारतको इन्टरनेट बजारमा प्रवेश गर्दै

काठमाडौं ।

भारतको इन्टरनेट एक्सेसमा क्रान्ति ल्याउन सक्ने योजनाका साथ इलन मस्कको स्टारलिंक स्याटेलाइट कन्स्टलेसनले स्याटेलाइट कम्युनिकेसन सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्ने तयारीमा रहेको छ।

भारत सरकारको तर्फबाट प्राप्त हुने अनुमतिले स्टारलिंकलाई भारतका व्यक्ति र संस्थाहरूलाई आफ्नो उच्च–गतिको इन्टरनेट सेवाहरू, भ्वाइस कलहरू र मेसेजिङ क्यापाबिलिटिज (सन्देश क्षमताहरू) प्रदान गर्नका लागि बाटो खोलिदिनेछ।

स्टारलिंकले डाटा स्टोरेज र ट्रान्सफर नम्स सम्बन्धी सरकारको चासोलाई सफलतापूर्वक सम्बोधन गरेपछि यो ऐतिहासिक निर्णय आएको हो। कम्पनीले भारतको डाटा रेगुलेसन्सको पालना गर्न प्रतिबद्ध रहेको र प्रयोगकर्ताको जानकारी देशको सिमाना भित्र नै रहने सुनिश्चित पनि गरेको उल्लेख छ।

भारतीय बजारमा स्टारलिंकको प्रवेशले वानवेब र रिलायन्स जियो जस्ता विद्यमान खेलाडीहरूसँग कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यद्यपि, स्टारलिंकसँग आफ्नो भूउपग्रहहरूको एक्सटेन्सिभ ग्लोबल नेटवर्क (विस्तृत विश्वव्यापी सञ्जाल) को छुट्टै फाइदाहरू रहेकाले दुर्गम र विकट क्षेत्रहरूमा पनि भरपर्दो र सर्वव्यापी जडान उपलब्ध गराउने वाचा गर्दछ।

त्यसैगरी यो इजाजतपत्र प्रदान गर्नुलाई भारतको दूरसञ्चार परिदृश्यको लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरिएको छ। स्टारलिंकको स्याटेलाइटमा आधारित इन्टरनेट सेवाहरूले डिजिटल डिभाईड (विभाजन) लाई मात्र नभई लाखौं भारतीयहरूलाई पनि सशक्त बनाउने र नयाँ रोजगारीका अवसरहरू पनि सृजना गर्ने उल्लेख छ।

प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • २४ कार्तिक २०८०, शुक्रबार