
काठमाडौं ।
नेपाल प्रहरीले भूकम्प पीडितहरूको नाममा इन्टरनेट वा सामाजिक संजालबाट सहयोग माग गर्नेहरुसँग सावधान हुन आग्रह गरेको छ।
प्रहरीले सामाजिक संजालमार्फत भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ-संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न आग्रह गरेको छ।
यसका साथै प्रहरीले इन्टरनेट स्क्यामर वा एक्सप्लोइटरहरूबाट सावधान रहन समेत सचेत गराएको छ।
नेपाल प्रहरीको अनुरोध
भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ-संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला।
इन्टरनेट scammer वा exploiter हरूबाट सावधान रहन अनुरोध। #NepalEarthquake #NepalPolice pic.twitter.com/g45OviLNcv
— Nepal Police (@NepalPoliceHQ) November 4, 2023
प्रकाशित: १८ कार्तिक २०८०, शनिबार