नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका मोबाइल ग्राहकहरुलाई पाँच दिनसम्म निशुल्क सेवा दिँदै

  • Technology Khabar | १८ कार्तिक २०८०, शनिबार
नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका मोबाइल ग्राहकहरुलाई पाँच दिनसम्म निशुल्क सेवा दिँदै
फाइल

काठमाडौं ।

नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी दिएको छ।

यसका साथै विषम परिस्थितिमा नेपाल टेलिकमले सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

कम्पनीले सूचना आदान-प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच (५) दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराएको छ। यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने जनाएको छ।

टेलिकमकाअनुसार उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ भने उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा उपलब्ध गराउने भएको छ।

यसका साथै रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गए राति गएको शक्तिशाली भूकम्पमा दिवंगत भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा चीर शान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

यसैगरी नेपाल टेलिकमले भूकम्प पिडितहरुलाई तत्कालका लागि राहतसमेत उपलब्ध गराउने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार