एम्बुलेन्स सेवा सहज बनाउन जिपिएस प्रविधि सुरु

  • Technology Khabar | १८ कार्तिक २०८०, शनिबार
एम्बुलेन्स सेवा सहज बनाउन जिपिएस प्रविधि सुरु

काठमाडौं ।

कर्णाली प्रदेशमा एम्बुलेन्स सेवालाई सहज तुल्याउन जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिको जडान गरिएको छ ।

नागरिकलाई स्वास्थ्य संस्थासम्म पहुँच पुर्‍याउन र सेवा सहज तुल्याउन प्रदेशभर नै एम्बुलेन्समा सो प्रविधि जडान गरिएको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालय प्रादेशिक प्रेषण केन्द्रले एक कार्यक्रमको आयोजना गरी यस विषयमा जानकारी गराएको हो ।

एम्बुलेन्स सेवाको लागि अब प्रदेशका जुनसुकै स्थानबाट पनि पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर बिरामीले सेवा लिन सक्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले जानकारी दिए।

तत्काल अस्पताल पुर्याउनुपर्ने बिरामीलाई एम्बुलेन्सको सहज सेवा प्रवाह हुने महाशाखा प्रमुख शाहीले १०२ नम्बरमा फोन गर्ने वित्तिकै जिपिएस जडान गरिएका एम्बुलेन्सबाट सेवा प्रदान गरिने जानकारी दिए। प्रदेशमा रहेका सबै एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्नको लागि निर्देशिका जारी गरिएको उनको भनाइ छ।

कर्णाली प्रदेशभर अहिले ८७ वटा एम्बुलेन्स सञ्चालनमा छन्। त्यसमध्ये ४१ वटा एम्बुलेन्समा जिपिएस प्रणाली जोडिएको र अन्य बाँकी एम्बुलेन्सलाई पनि जिपिएसमा जोड्ने तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशालयका निर्देशक डा रबिन खड्काले कर्णालीमा अहिले एम्बुलेन्स पर्याप्त नरहेको बताउँदै एम्बुलेन्स खरिद प्रक्रियालाई पनि अगाडि बढाइने बताए। बिरामीले एम्बुलेन्स नपाउने अवस्था नआउने दाबी गरे।

कर्णालीमा ‘क’ वर्गका एम्बुलेन्सको सङ्ख्या दुईवटा रहेको छ भने अधिकांश एम्बुलेन्स ‘ग’ वर्गका रहेको जनाइएको छ। एम्बुलेन्सको भाडादर भने जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार तोकिने गरिएको छ।रासस

प्रकाशित: १८ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  • Technology Khabar
  • १८ कार्तिक २०८०, शनिबार