लुसिडले आफ्ना कारहरूमा एप्पल र अमेजन म्यूजिक सपाेर्ट उपलब्ध गराउने

Technology Khabar १७ कार्तिक २०८०, शुक्रबार

काठमाडौं ।

लुसिडले आफ्ना कारहरूमा एप्पल र अमेजन म्यूजिक सपाेर्ट उपलब्ध गराउने भएको छ।

कम्पनीको आधिकारिक लिङ्कडीन अकाउन्टमा पोस्ट गरिएको नयाँ जब लिस्टीङका अनुसार उक्त जानकारि सार्वजनिक भएकाे हाे।

जब लिस्टीङका अनुसार “क्यालिफोर्निया बेस्ड  इभी निर्माताले एक सिनियर प्राेडक्ट म्यानेजर , मिडिया पार्टनर म्यानेजमेन्टको खोजी गरेकाे जसले “एप्पल, अमेजन म्यूजीक, र अन्य मिडिया एप पार्टनरहरूको लागि प्राेडक्सन ओनरको जिम्मेवारीहरू पूरा गर्नेछ।”

एयर सेडान र आगामी ग्रेभीटी एसयूभीले दुई अडियो स्ट्रिमिङ प्लेटफर्महरूका लागि टेस्लाले जस्तै केही बेक्ड-इन बटनहरू प्राप्त गर्न सक्ने उल्लेख छ। यसले एप्पल म्यूजिक, टाइडल, स्पोटीफाइ, र अन्यसँग डाइरेक्ट इन्टीग्रेसन पनि प्रदान गर्ने बताइएकाे छ।

साथै, लुसिडले एयर ईभीमा स्ट्यान्डर्ड रुपमा  एप्पल कार प्ले (वायर्ड र वायरलेस) पनि प्रदान गर्नेछ। नयाँ एप इन्टिग्रेसनहरु पूरक हुनेछन्। जबकि टेस्ला ग्राहकहरुले माथि उल्लिखित स्ट्रिमिङ सेवाहरुमार राम्रोसँग ब्लुटुथ कनेक्ट गर्नुपर्ने उल्लेख छ।

लुसिड एयर पियूर आरडब्ल्यूडी संस्करणको  मुल्य  ७८ हजार ९०० अमेरिकी डलरबाट सुरु हुन्छ।। याे  ४३० हर्सपावर र ४०६ पाउन्ड-फिट टर्कमा मूल्याङ्कन गरिएको सिङ्गल रियर-माउन्ट इलेक्ट्रिक मोटरको साथ आउँछ। यसले १२४ एमपीएचको टप स्पिड मा ४.५ सेकेन्डमा शून्य देखि ६० माइल प्रति घण्टा स्प्रिन्ट इनेबल गर्न पर्याप्त रहेकाे उल्लेख छ।

८८ किलोवाट आवर लन्ग रेञ्ज ब्याट्री प्याकले ४१० माइल सम्मको इपीए रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया