
काठमाडौं ।
नेपालमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात घटेको देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को असोजमा १ हजार ३७१ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा २ हजार ४७७ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा चालु आवमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात १ हजार १०६ यूनिट अर्थात ४४.६५ प्रतिशतले घटेको छ।
चालु आवको असोज मसान्तमा १७ करोड १ लाख ९८ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएकोमा गत आवको सोही अवधिमा २९ करोड ६० लाख ८२ हजार रुपैयाँ बराबरको आएको थियो।
गत आवको तुलनामा चालु आवमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात १२ करोड ६० लाख ८४ हजार रुपैयाँले घटेको छ।
इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयातबाट सरकारले ५ करोड ५० लाख ३३ हजार रुपैयाँ संकलन गरेको छ।
नेपालमा चार मुलुकबाट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आउने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल चीनबाट आउने गरेको छ। चीनबाट ९ करोड ७६ लाख ८५ हजार रुपैयाँ बराबरको ९३२ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।
भारतबाट ५ करोड ४७ लाख ८२ हजार रुपैयाँ बराबरको ३६५ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।
इन्डोनेसियाबाट १ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको ७२ यूनिट र यूएईबाट १२ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार