सिम कार्डको आयात ३० प्रतिशतले घट्यो, असोजसम्म ११ करोडको आयात

  • Technology Khabar | १४ कार्तिक २०८०, मंगलवार
सिम कार्डको आयात ३० प्रतिशतले घट्यो, असोजसम्म ११ करोडको आयात

काठमाडौं ।

नेपालमा सिम कार्डको आयात घटेको देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को असोज मसान्तको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा सिम कार्डको आयात २९.९९ प्रतिशतले घटेको छ।

चालु आवको असोज मसान्तमा ११ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरको सिम कार्ड आयात भएको छ भने गत आवको सोही अवधिमा १६ करोड १० लाख ४० हजार रुपैयाँ बराबरको आयात भएको थियो।

गत आवको तुलनामा चालु आवको असोजसम्म सिम कार्डको आयात ४ करोड ८३ लाख ५ हजार रुपैयाँ घटेको छ।

चालु आवमा २८ लाख ३९ हजार ४८ यूनिट र गत आवमा ३५ लाख ४ हजार ४३ यूनिट सिम नेपाल भित्रिएको थियो।
सिम कार्डको आयातबाट सरकारले २ करोड ७३ लाख ९१ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ६ मुलुकबाट सिम कार्ड आएको देखिन्छ।

सबैभन्दा धेरै सिम कार्ड चीनबाट आउने गरेको छ। चीनबाट नेपालमा ९९.६३ प्रतिशत सिम कार्ड आयात हुने गरेको छ। चीनबाट ११ करोड २३ लाख १८ हजार रुपैयाँ बराबरको २८ लाख यूनिट सिमकार्ड आयात भएको छ।

सिम कार्ड आयातको हिसाबले दोस्रो स्थानमा रहेको मेक्सिकोबाट २ लाख ४९ हजार रुपैयाँ बराबरको ३० हजार यूनिट सिम कार्ड नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा हंगकंग, मलेसिया, यूएई र बेलायतबाट पनि केही संख्यामा सिम कार्ड आउने गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार