हुन्डाई मोटर्सको खुद नाफा दोब्बरले बढ्यो, ईभी योजनाहरूको प्रभाव

  • Technology Khabar | १४ कार्तिक २०८०, मंगलवार
हुन्डाई मोटर्सको खुद नाफा दोब्बरले बढ्यो, ईभी योजनाहरूको प्रभाव

काठमाडौं ।

कोरियाली पावरहाउस हुन्डाई मोटरमा हुन्डाई, किआ र जेनेसिस ब्रान्डहरू रहेका छन्। हालैको तेस्रो त्रैमासिक वित्तीय नतिजाहरूले गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको अपरेटिङ्ग प्रोफिटमा १४६ प्रतिशतको इम्प्रेसिभ जम्प (प्रभावशाली छलाङ्ग) को साथ २.८ अमेरिकी डलर बिलियनको रेकर्ड छोएर उत्कृष्ट प्रदर्शन देखाएको उल्लेख गरिएको छ।

त्यसका साथै कम्पनीको खुद नाफाले २.४ बिलियन अमेरिकी डलरको दोब्बर ठूलो वृद्धि देखेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

त्यसोभए कम्पनीको यस वृद्धि के कारणले भइरहेको छ भन्ने प्रश्नमा आउने विभिन्न कारकहरूको क्रममा, इलेक्ट्रिक भेहिकल्सलाई हुन्डाईले महत्त्वपूर्ण ड्राइभको रूपमा प्रकाश पारेको छ।

कम्पनीले यस त्रैमासिकमा लगभग १,६९,००० विद्युतीकृत सवारी साधनको बिक्री गरेको गर्वका साथ रिपोर्ट गरेको र यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

साथै यसमा हाइब्रिड र अल–इलेक्ट्रिक भेहिकलहरू समावेश रहनुका साथै यसले हुन्डाईको ग्रिनर फ्युचर (हरियाली भविष्य) प्रतिको प्रतिबद्धतालाई जोड दिने उल्लेख गरिएको छ।

हुन्डाई महत्वाकांक्षी भएको र यस दशकको अन्त्यसम्ममा ३१ ओटा ईभीहरू रोल आउट गर्ने योजनाका साथ क्षितिजमा नजर राखेको उल्लेख छ।

हुन्डाई आयोनिक ७ र किया ईभी ९ जस्ता ग्राउन्डब्रेकिङ्ग मोडलहरू प्रस्तुत गर्ने लक्ष्य राख्दै कम्पनीले सन् २०३० सम्ममा १८.२ बिलियन अमेरिकी डलरको लगानीमा आफ्नो दृष्टिकोणलाई समर्थन गरिरहेको छ।

यसको ठीक विपरीत, अटोमोटिभ जायन्टहरु फोर्ड र जनरल मोटर्सले भने आफ्नो ईभी लक्ष्यहरू रिक्यालिब्रेट गर्नुपरेको उल्लेख छ। सुस्त ईभी एडपटेसन दर, बढ्दो परिचालन लागत र अनिश्चित आर्थिक परिदृश्य जस्ता चुनौतीहरूले उक्त कम्पनीहरूलाई आफ्नो ईभी उत्पादन लक्ष्यहरू ढिलो गर्न वा स्केल गर्न प्रेरित गरेको उल्लेख छ।

हुन्डाई कम्पनीका उपाध्यक्ष सेओ ग्याङ ह्युनले ईभी बिक्रीको दीर्घकालीन वृद्धिमा विश्वास व्यक्त गर्दै यथा सिघ्र आफ्नो ईभी यात्रामा ब्रेक नहट्ने संकेत नगरेको भनी बताएको उल्लेख छ।

प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...