भारतीय स्मार्टफोन बजार तेस्रो त्रैमासमा ३ प्रतिशतले घट्यो

Technology Khabar ६ कार्तिक २०८०, सोमबार

काठमाडौं ।

पछिल्लो क्यानलिस स्मार्टफोन मार्केट पल्स रिपोर्टअनुसार जुलाई-सेप्टेम्बर महिनाहरूमा कुल ४३ मिलियन स्मार्टफोनहरू भारतमा ढुवानी गरिएको छ। यो तथ्याङ्कले एक वर्ष अघिको मूल्यको तुलनामा ३ प्रतिशतको कमीलाई प्रतिनिधित्व गरेको उल्लेख छ।

यद्यपी सुधारिएको उपभोक्ता विश्वास र धेरै हा-प्रोफाइल स्मार्टफोनहरूको लन्चले चाडपर्वको सिजन अगाडि सकारात्मक वृद्धि हुने सम्भावना रहेको भन्दै क्यानालिसले टिप्पणी गरेको छ।

सो अवधिमा सामसङले अनुमानित ७.९ मिलियन ढुवानी र १८ प्रतिशत बजार हिस्साको साथ आफ्नो बजार नेतृत्व कायम राख्यो। त्यसैगरी सामसङको बराबर बजार हिस्साको आंकडा र ७.६ मिलियन स्मार्टफोनहरूको ढुवानीका साथ शाओमी दोस्रो स्थानमा रहेको उल्लेख छ।

साथै ७.२ मिलियन ढुवानी र १७ प्रतिशत बजार हिस्साको साथ भिभो शीर्ष तीनमा पर्न सफल भएको छ। बीबीके समूहका सहकर्मी कम्पनीहरू रियलमी (५.८ मिलियन) र ओप्पो (४.४ मिलियन) क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन्।

त्यसैगरी वनप्लस, इन्फिनिक्स, टेक्नो र मोटोरोला जस्ता शीर्ष पाँच बाहिरका ब्रान्डहरूले भारतभरि आफ्नो विस्तार भएको उपस्थितिबाट प्रभावशाली वृद्धि गरेका छन्।

समग्रमा, फाइभजी कनेक्टिभिटी प्रदान गर्ने नयाँ अफरहरूका साथ शिपमेन्टको सन्दर्भमा इन्ट्रि–लेभल सेगमेन्ट (खण्ड) ले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरिएको छ।

सामसङ र एप्पलका प्रिमियम फोनहरूले पनि चाडपर्वको बिक्री कार्यक्रमहरूमा आकर्षक अफरहरूसहित बलियो वृद्धि देखेको उल्लेख गरिएको छ।

प्रकाशित: ६ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया