Technology Khabar ५ कार्तिक २०८०, आईतवार
काठमाडौं ।
सेन्झाउ-१७ क्रूड स्पेसशिप र लङ मार्च-२एफ क्यारियर रकेटको संयोजन बिहीबार प्रक्षेपण क्षेत्रमा सारिएको चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले बताएको छ।
चीनको अन्तरिक्ष एजेन्सी सीएमएसएकाअनुसार, प्रक्षेपण स्थलमा सुविधाहरू र उपकरणहरू राम्रो अवस्थामा छन्, र विभिन्न पूर्व प्रक्षेपण समारोह जाँच र संयुक्त परीक्षण योजना अनुसार गरिनेछ।
यो उडान निकट भविष्यमा उपयुक्त समयमा स्पेसशिप प्रक्षेपण गरिनेछ।
चीनले हाल अन्तरिक्षमा आफ्नै अन्तरिक्ष स्टेशनमा विभिन्न परीक्षणहरु गरिरहेको छ। जसको लागि नयाँ चालकदलसहितको मिशन पठाउने तयारी गरेको हो।
प्रकाशित: ५ कार्तिक २०८०, आईतवार