विद्यालयलाई ल्यापटप

Technology Khabar १ कार्तिक २०८०, बुधबार

काठमाडौं ।

इनरुवास्थित देवानगन्ज गाउँपालिकाले १७ ओटा सामुदायिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेको छ। विद्यालयलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाले ल्यापटप हस्तान्तरण गरेको हो।

गाउँपालिकाका १६ ओटा आधारभूत विद्यालय र एउटा माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष मेननप्रसाद मेहताले जानकारी दिए।

शैक्षिक सुधार गर्न र प्रविधिमैत्री बनाउन ल्यापटप वितरण गरिए‌को बताउँदै गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार मेहताले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: १ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया