Technology Khabar १ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
पैदल यात्रुलाई चोटपटक लागेको उजुरी परेपछि नियामकले जनरल मोटर्स (जीएम)ले निर्माण गरेको करिब ६ सय यूनिट सेल्फ ड्राइभिङ कारहरुको छानबिन गरिरहेको छ।
नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) का अनुसार क्रुजले बनाएका सेल्फ ड्राइभिङ कारहरूले ‘पैदलयात्रीहरूलाई अतिक्रमण’ गरेको हुन सक्छ।
एनएचटीएसएले पैदल यात्रु घाइते भएको दुई ओटा उजुरी प्राप्त गरेको बताएको बीबीसीले उल्लेख गरेको छ।
क्रूज अनुसार आफ्नो सुरक्षा रेकर्ड तुलनात्मक रुपमा मानव ड्राइभरहरू भन्दा राम्रो प्रदर्शन गरेको छ।
उक्त उजुरी सान फ्रान्सिस्कोको क्रसिङहरूमा पैदल यात्रीहरूलाई ठक्कर दिने सेल्फ ड्राइभिङ कारहरूसँग सम्बन्धित भएको एनएचटीएसएको दोष अनुसन्धान कार्यालयले बतएको छ।
दुवै उजुरी पैदलयात्रीहरूका लागि बाटो काट्नका लागि ट्राफिक लाइट हरियो भएको अवस्थामा सेल्फ ड्राइभिङले ठक्कर दिएको सम्बन्धमा सम्बन्धित छ।
अगस्ट २०२३ मा भएको एउटा घटनामा सेल्फ ड्राइभिङ कारले १.४ माइल प्रतिघण्टाको गतिमा पैदलयात्रीलाई ठक्कर दिएको थियो।
अर्को घटनामा एक अन्य कार जसलाई अर्का व्यक्तिले चलाएको कारले सडक पार गर्ने पैदलयात्रीलाई ठक्कर दिँदा ड्राइभर लेस कारको अगाडि उक्त व्यक्ति लडेका थिए।
अक्टोबर २०२३ को उजुरीमा ड्राइभरलेस कारले “आक्रामक रूपमा ब्रेक लगायो“ तर समयमै रोक्न नसकेर पैदल यात्रुलाई ठक्कर दिएको बताइएको छ।
दुबै घटना राती भएको थियो।
एनएचटीएसएले पैदल यात्रीसँग सम्बन्धि भिडियोको अनुसान्धान गरिरहेको छ। भिडियोलाई अनलाइमा पोस्ट गरिएको थियो।
अगस्टमा क्यालिफोर्निया सरकारले दुई क्याब कम्पनीहरू वेमो र क्रुजलाई ड्राइभरलेस कारहरू प्रयोग गरेर २४ घण्टा सेवा सञ्चालन गर्न अनुमति दिएको थियो। यसअघि उनीहरूसँग राति मात्रै सःशुल्क सवारी सञ्चालन गर्ने अनुमति थियो।
प्रकाशित: १ कार्तिक २०८०, बुधबार