Technology Khabar ३० आश्विन २०८०, मंगलवार
काठमाडौं ।
छिमेकी देश भारतमा महिलाहरुलाई ससक्त बबनाउने लक्ष्यका साथ निशुल्करुपमा स्मार्टफोन बितरण गरिने भएको छ। इन्दिरा गान्धी स्मार्ट फोन योजना अन्तर्गत, राजस्थानका महिलाहरूलाई भारु ७ हजार बराबरको स्मार्टफोन निःशुल्क दिइने भएको हो।
भारतीय सरकारले यो फोनमा तीन वर्षसम्म निःशुल्क इन्टरनेट जडानको सुविधा पनि उपलब्ध गराउने भएको छ। यो योजना सरकारले सुरु गरेको हो जसको लागि अब महिला किशोरी र युवतीहरूले दर्ता गर्न सक्ने बताईएको छ।
भारतीय मिडियाहरुकाअनुसार योजना अन्तर्गत १.३५ करोड महिलालाई स्मार्टफोन दिइनेछ। राज्यका चिरञ्जीवी परिवारका महिलाहरूलाई स्मार्टफोन उपलब्ध गराउन यो योजना सुरु गरिएको हो।
यो योजना अन्तर्गत १ करोड ३५ लाख महिलालाई ६८०० रुपैयाँको इन्टरनेट जडान भएको स्मार्टफोन दिइनेछ। यसका लागि महिलाहरूले इन्दिरा गान्धी स्मार्टफोन योजनाको आधिकारिक वेबसाइटमा गएर आफूलाई दर्ता गर्न सक्छन्।
वेबसाइटमा योजनाको बारेमा जानकारी दिँदै सरकारले योजनाको पहिलो चरणमा ४० लाख महिलालाई आफ्नो मनपर्ने स्मार्टफोन छनोट गर्ने अवसर दिइने बताएको छ। त्यसपछि दोस्रो चरणमा बाँकी ९५ लाख महिलालाई स्मार्टफोन छनोट गर्ने अवसर दिइनेछ। वेबसाइट बाहेक, महिलाहरूले नजिकको मुद्रास्फीति राहत शिविरमा गएर इन्दिरा गान्धी स्मार्टफोन योजनाको लागि पनि दर्ता गर्न सक्ने रिपोर्टमा उल्लेख छ।
शिविरमा पहिलो आवेदक महिलाको लागि ई-केवाईसी गरिएको सरकारले जनाएको छ। त्यसपछि फोनमा ई-वालेट एप डाउनलोड हुनेछ। यसमा ६८०० रुपैयाँ डीबीटीमार्फत हस्तान्तरण गरिनेछ। यो पैसाबाट महिलाले आफ्नो मनपर्ने फोन, सिम र इन्टरनेट डाटा प्लान छनोट गर्न सक्नेछन् । दर्ताको समय बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म रहने बताइएको छ।
नि:शुल्क स्मार्टफोनको यो योजना राजस्थानको चिरञ्जीवी परिवारका महिलाका लागि सुरु गरिएको हो । यसमा कक्षा ९ देखि १२ सम्मका सरकारी विद्यालयका छात्राहरूले यो योजनाको लाभ लिन सक्नेछन् । कलेज, आईटीआई, पोलिटेक्निकमा अध्ययनरत केटी विद्यार्थीहरू पनि योग्य छन्। विधवा र एकल महिला पेन्शनरहरूले पनि यो योजनाको लाभ लिन सक्छन्।
यस बाहेक मनरेगाअन्तर्गत १०० दिनको रोजगारी पूरा गरेको परिवारकी महिला प्रमुखले पनि यो योजनाको लाभ लिन सक्नेछन्। शहरी रोजगार ग्यारेन्टी योजना अन्तर्गत ५० दिनको रोजगारी पूरा गरिसकेका परिवारका महिला प्रमुखले पनि आवेदन दिन सक्ने समाचारमा उल्लेख छ।
प्रकाशित: ३० आश्विन २०८०, मंगलवार