
काठमाडौं ।
आज घटस्थापनाको दिनदेखि लागुहुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएसदेखी ३०० एमबिपिएस सम्मका प्याकेजहरु जडान गर्न सक्नेछन्। जसमा, ग्राहकले ५० एमबिपिएसदेखि २५० एमबिपिएससम्म फाईभ-जी राउटर पाउनेछन भने ३०० एमबिपिएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने छन्।
यसअघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो।
एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ।
प्रकाशित: २८ आश्विन २०८०, आईतवार