चीनको नयाँ ऊर्जा यात्री कार बिक्रीमा वृद्धि

  • Technology Khabar | २५ आश्विन २०८०, बिहीबार
चीनको नयाँ ऊर्जा यात्री कार बिक्रीमा वृद्धि

काठमाडौं ।

चीनमा २०२३ को सेप्टेम्बरमा नयाँ ऊर्जा यात्री कारहरुको बिक्री बढेको उद्योग सङ्घको तथ्याङ्कले देखाएको छ।

गत महिना ऊर्जा यात्री कारको बिक्री २२ दशमलव एक प्रतिशतले बढेर सात लाख ४६ हजार एकाइ पुगेको चाइना प्यासेन्जर कार एसोसियसनले जनाएको छ।

एसोसियसनका अनुसार वर्षको पहिलो नौ महिनामा खुद्रा बिक्री ५१ लाख ९० हजार भएको छ। यो यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव आठ प्रतिशत बढी हो। कारहरूको थोक बिक्री सेप्टेम्बरमा मात्र आठ लाख २९ हजार पुगको छ। जुन २३ प्रतिशतले धेरै हो।

चीनमा उर्जा यात्री कारको निर्यात एक वर्षअघिको तुलनामा एक सय सात प्रतिशतले बढेर ९१ हजार पुगेको छ। यो कूल कार निर्यातको २५ दशमलव चार प्रतिशतले बढी हो। रासस

प्रकाशित: २५ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार