
काठमाडौं ।
म्यानचेस्टर सिटीमाथि आर्सनलको जितपछि सुपर कम्प्युटरले प्रिमियर लिगको अन्तिम तालिकाको भविष्यवाणी गरेको छ। ग्याब्रियल मार्टिनेलीको डिफ्लेक्टेड गोलको मद्दतले आइतबार आर्सनलले म्यानचेस्टर सिटी माथि एकका विरुद्ध शुन्य गोलको मार्जिनले जित हासिल गरेको थियो।
यो जितसँगै शहरी प्रतिद्वन्द्वी टोटनह्यामसँग अंक बराबरी गर्दै गोल भिन्नताको आधारमा आर्सनल लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
बेटिङ एक्सपर्टको सुपर कम्प्युटर बेटसिटले अन्तिम प्रिमियर लिग तालिकाको भविष्यवाणी गरेको दसनले रिपोट गरेको छ।
बाँकी सिजनको खेलहरुलाई १ लाख बटक सिम्युलेटिङ गरेर बेटसिटले पुन एक म्यानचेस्टर सिटीले लिग जित्ने भविष्यवाणी गरेको छ।
पेप ग्वार्डियोलाको टोलीले आर्सनलभन्दा तीन अंकले अगाडि रहेको लगातार चौथो उपाधि जित्ने अनुमान गरिएको छ।
सुपर कम्प्युटरले सिटीलाई सिजनको अन्त्यमा शीर्ष स्थानमा पुग्ने सम्भावना ५४.२ प्रतिशत रहेको देखाएको छ।
यसैबीच, लिभरपुल र न्युक्यासलले आइतबार एक आपसमा २–२ गोलको बराबरी खेलेपछि शीर्ष चारमा पुग्ने अनुमान गरिएको छ।
यद्यपि, सिजनको बलियो सुरुवातको बाबजुद टोटनह्यामले च्याम्पियन्स लिग फुटबल गुमाउने सम्भावना देखिएको छ।
शनिबार लुटन टाउन माथि एक शुन्यको जित हात परेको टोटनह्याम हालसम्म अपराजित रहँदै लिगको शीर्ष स्थानमा छ।

सुपर कम्प्यूटरले टोटनह्यामलाई म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला भन्दा अगाडि रहँदै पाँचौं स्थानमा सिजन समाप्त गर्ने सम्भावना रहेको बताएको छ।
भर्खरै बढुवा भएर प्रिमियर लिगमा आएको शेफिल्ड युनाइटेड पुछारमा रहने छ।
यस सिजनको हालसम्मको आठ खेलमा एक खेन पनि नजित्ने टिम शेफिल्ड युनाइट युनाइटेड रहेको छ। एक बराबरी खेलेको क्लब अंक तालिकाको पुछारमा छ।
लुटन र बोर्नेमाउथ पनि रेलिगेसनमा पर्ने संकेत गरिएको छ, बर्नली भने एक अंकले बाँच्ने अपेक्षा गरेको छ।
प्रकाशित: २४ आश्विन २०८०, बुधबार