
काठमाडौं ।
ह्वावे समर्थित इलेक्ट्रिक भेहिकल (ईभी) ब्रान्ड आईटोले आफ्नो परिमार्जन गरिएको एम७ मोडलको बिक्री सुरु भएको २५ दिन भित्रमा ५० हजार भन्दा बढी अर्डर प्राप्त गरेको कम्पनीले जनाएको छ।
हुवावेका स्मार्ट कारका सीईओ रिचर्ड यूले शनिबार आफ्नो वेइबो सामाजिक सञ्जाल अकाउन्टमा उक्त कोशेढुंगा घोषणा गरेका हुन्।
अर्डरका लागि नन् रिफन्डएबल डिपोजिटको आवश्यकता हुन्छ। अगस्टको बिक्री तथ्यांकको आधारमा आईटो चीनको सबैभन्दा धेरै बिक्री हुने नयाँ ऊर्जा सवारी निर्मार्मातामा समावेश भएको छ।
ह्वावेले अगस्टको अन्तिममा आफ्नो प्रिमियम मेट ६० प्रो फोनको अप्रत्याशित रूपमा लन्च गरेपछि चिनियाँ उपभोक्ता समर्थनमा वृद्धि भएको छ, जुन धेरै विश्लेषकहरूले घरेलु रूपमा बनेको चिप प्रयोग गरेको र कम्पनी विरुद्ध अमेरिकी टेक्नोलोजी प्रतिबन्धहरूको वर्षौंको सामनामा एक सफलताका रुपमा लिएका छन्।
आईटो ब्रान्ड ह्वावेले सेरेस ग्रुपसँगको साझेदारीमा तयार गरेको हो। आईटो ब्रान्डले गत वर्षको जुलाईमा एम७ लन्च गरेको थियो।
चीन एशोसिएशन अफ अटोमोबाइल म्यानुफ्याचर्सका अनुसार जुनसम्म आईटोको मुल एम७ २७ हजार ४०५ यूनिट ढुवानी भएको छ।
यो गत महिना नयाँ पाँच–सीटर भर्सन र मूल भन्दा कम प्रारम्भिक मूल्यका साथ पुनः लन्च गरिएको थियो।
गत महिना ह्वावे ब्रान्डिङ भएको एम७ प्रस्तुत गरिएको छ। हुवावेले बारम्बार भनेको छ कि कम्पनीले आफैं कारहरू बनाउँदैन तर अन्य अटोमेकरहरूलाई अझ राम्रो गाडीहरू बनाउन मद्दत गर्छ।
ह्वावेले अर्को महिना चीनको सवारी निर्माता चेरीसँग एक नयाँ मार्की लक्सीड एस७ सेडान लन्च गर्ने अपेक्षा गरिएको छ। यो टेस्लाको मोडल एस भन्दा उत्कृष्ट हुने युले बताएको रोयटर्सले उल्लेख गरेको छ। ह्वावले डिसेम्बरमा आईटो ब्रान्ड, एम९ स्पोर्ट्स–युटिलिटी भेहिकल, अन्तर्गत अर्को मोडेल पनि रोल आउट गर्नेछ।
ह्वावेको इन्टेलिजेन्ट अटोमोटिभ सोल्यूसन बिजनेसले यस वर्षको पहिलो ६ महिनामा एक अर्ब युआन राजश्व संकलन गरेको छ। यो यस अवधिमा यसको कुल कारोबारबाट कमाएको ३१०.९ बिलियन युआन (४२.६३ बिलियन अमेरिकी डलर) को एक सानो अंश भएको कम्पनीले अगस्टमा बताएको छ।
प्रकाशित: २३ आश्विन २०८०, मंगलवार