
काठमाडौं ।
टोयोटाले सुजुकीसँग मिलेर मिनी इलेक्ट्रिक भेहिकल विकास गर्ने योजनामा रहेको छ। स्मल–कार जायन्ट सुजुकीले सन् २०२२ मा ठूलो संख्यामा कुल १.३१ मिलियन यूनिट्स बिक्री गरेको जेएटीओ डायनामिक्सले उल्लेख गरेको छ।
यो इलेक्ट्रिक ट्रान्जिसनतर्फ ठूलो कस्टमर बेस भएको उल्लेख छ। सुजुकीले सन् २०२३ को जनवरीमा आफ्नो पहिलो–ईभी ‘ईभीएक्स क्रसओभर’ कन्सेप्ट देखाएको थियो र यसले उल्लेखनीय रूपमा कम्पनीको इलेक्ट्रिक एम्बिसन (महत्वाकांक्षा) लाई संकेत गर्दछ।
टोयोटाले सन् २०२६ सम्ममा वार्षिक १५ लाख ब्याट्री–इलेक्ट्रिक भेहिकल (बीईभी) उत्पादन गर्ने लक्ष्य राखेको छ। साथै यसपटक कम्पनीले ठूलोको सट्टामा सानो इभी निर्माणमा सोचिरहेको देखिएको छ। त्यसैगरी प्रस्तावित मिनी ईभी युरोपमा निकै चर्चित रहेको १४५ इन्च लामो टोयोटा आएगो एक्ससँग मिल्दोजुल्दो रहेको अनुमान छ।
गत वर्ष, तिनीहरूले कम्प्याक्ट इलेक्ट्रिक भेहिकल्सको विकासमा आफ्नो विद्यमान साझेदारीको वृद्धिको घोषणा गरेका थिए। यसै क्रममा हालसालै २०२३ को मे महिनामा तिनीहरूले मिनी इलेक्ट्रिक भ्यानहरूको लागि नयाँ ईभी प्लेटफर्ममा केन्द्रित संयुक्त परियोजनाको पनि घोषणा गरे।
गत हप्ता यूएस पीटीओमा गरिएको फाइलिङले “एफटी–३ई” नाम दर्ता गरेको र यसले यस नयाँ भेहिकलको कन्सेप्ट नामको लागि संकेत गरेको जनाइएको छ। “एफटी” भन्नाले फ्यूचर टोयोटा भनेर बुझिने गरिएको छ। कन्सेप्ट भेहिकल्सका लागि यो उपसर्ग प्रयोग गर्ने टोयोटाको इतिहासलाई ध्यानमा राख्दा यो मिनी इलेक्ट्रिक एक भविष्य मात्र हुन सक्नेछ।
आगामी अक्टोबर २६ देखि सुरु हुने जापान मोबिलिटी शोमा यस रहस्यमय एफटी–३ई बारेमा थप केही विवरणहरू प्राप्त गरिने सम्भावना रहेकोछ।
प्रकाशित: २२ आश्विन २०८०, सोमबार