सामसङ ग्यालेक्सी ट्याब ए९ चुपचाप लन्च, हेलियो जी ९९ चिपसेट समावेश

  • Technology Khabar | २२ आश्विन २०८०, सोमबार
सामसङ ग्यालेक्सी ट्याब ए९ चुपचाप लन्च, हेलियो जी ९९ चिपसेट समावेश

काठमाडौं ।

सामसङले हालै एस२३ एफई स्मार्टफोन, ग्यालेक्सी बड्स एफईका साथै एस९ एफई र एस९ प्लस एफई नामक दुई ट्याब्लेटहरू समावेश गरिएको आफ्नो फ्यान एडिसन डिभाइसहरूको घोषणा गरेको थियो।

ट्याब एस९ सिरिजमा हालै थपिएका ट्याब्लेटहरू प्रिमियम अफरिङ्ग भएको जनाइएको छ भने दक्षिण कोरियाली ब्रान्डले चुपचाप यूएई र ग्वाटेमाला बजारहरूमा ग्यालेक्सी ट्याब ए९ नामक बजेट ट्याब्लेट लन्च गरेको छ।

यो नयाँ ग्यालेक्सी ट्याब ए९ लाई सन् २०२१ मा डेब्यु भएको ग्यालेक्सी ट्याब ए८ को उत्तराधिकारीको रूपमा ल्याइएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

सामसङ ग्यालेक्सी ट्याब ए९ को स्पेसिफिकेसन्स र फिचर्स
सामसङ ग्यालेक्सी ट्याब ए९ लाई अमेजन यूएई र सामसङ ग्वाटेमालामा लिस्ट गरिएको उल्लेख छ। यस नयाँ ग्यालेक्सी ट्याब ए९ मा ८००×१,३४० पिक्सेलको रिजोल्युसन र ६० हर्ज रिफ्रेस रेट भएको ८.७ इन्चको डिस्प्ले रहेको छ। साथै अडियो तर्फ भने ग्यालेक्सी ट्याब ए९ डल्बी एटमसद्वारा ट्युन गरिएको डुअल स्पिकर र थ्रीडी साउन्ड सपोर्टले सुसज्जित रहेको उल्लेख गरिएको छ।

सामसङ ग्यालेक्सी ट्याब ए९ मा मेटल युनिबडी सहितको बक्सी फर्म फ्याक्टर रहेको छ। साथै पछाडिको प्यानलमा सिङ्गल सर्कुलर क्यामरा समावेश गरिएको छ।

त्यसैगरी सामसङ ग्यालेक्सी ट्याब ए९ मा मिडियाटेक हेलियो जी९९ चिपसेटे समावेश गरिएको उल्लेख छ। यस ट्याबमा ८जीबी र्याम र १२८जीबी स्टोरेज प्याक गरिएको र उक्त स्टोरेजलाई माइक्रोएसडी कार्ड मार्फत विस्तार गर्न सकिने छ। यद्यपी ट्याब्लेटको ब्याट्री विवरणको बारेमा भने कुनै पनि जानकारी खुलाइएको छैन्। त्यसका साथै सफ्टवेयर अन्तर्गत यो नयाँ ट्याब मल्टिटास्किङ स्प्लिट स्क्रिन, क्वीक सेयर (द्रुत साझेदारी), अटो सिङ्क र अन्य थप फिचर्स सहित एन्ड्रोइड १३ मा चल्नेछ।

सामसङ ग्यालेक्सी ट्याब ए९ सिल्भर, ग्रेफाइट र नेभी गरी तीन रङ्गहरुमा उपलब्ध रहेको छ। यसको मूल्य अमेजन यूएईमा ६९९ यूनाईटेड अरब इमिरेट्स दिर्हाम (एईडी) (१९० अमेरिकी डलर) र सामसङ ग्वाटेमालामा १,४९९ ग्वाटेमाला क्वेट्जल (जीटीक्यू) (१९१ अमेरिकी डलर) रहेको उल्लेख गरिएको छ।

प्रकाशित: २२ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...