सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

  • Technology Khabar | १८ आश्विन २०८०, बिहीबार
सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

काठमाडौं ।

सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ। यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुनेछ।

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, विजुलीको बिर्ल तिर्दा २५ वा अधिकतम रु २५ र इन्टरनेटको बिर्ल तिर्दा २५ वा अधिकतम रु ५० सम्मको क्यासब्याकको व्यवस्था गरेको छ।

मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने जानकारी दिएको छ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।

प्रकाशित: १८ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free voice, data and SMS services in flood-affected areas by 7 days

  • Technology Khabar
  • १८ आश्विन २०८०, बिहीबार