एलिकाको दशैं तिहार २०८० अफर

  • Technology Khabar | ११ आश्विन २०८०, बिहीबार
एलिकाको दशैं तिहार २०८० अफर

काठमाडौं ।

सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल. प्रा. लि.ले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

नेपालमा भान्सा उपकरणहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “दशैं तिहारमा, उपहार साथमा” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सि. जी. ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ।

यो ग्राहक योजना भाद्र २८ देखि नेपालभरी सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार