एएसएमएलले जापानी स्टार्टअप रेपीडसको लागि अत्याधुनिक चिप उत्पादनलाई बढावा दिने

  • Technology Khabar | ११ आश्विन २०८०, बिहीबार
एएसएमएलले जापानी स्टार्टअप रेपीडसको लागि अत्याधुनिक चिप उत्पादनलाई बढावा दिने

काठमाडौं ।

एडभान्स सेमीकण्डक्टर मटेरियल लिथाेग्राफी (एएसएमएल)ले जापानी स्टार्टअप रेपीडसको चिप उत्पादन प्रयासहरूलाई समर्थन गर्न जापानमा महत्त्वपूर्ण कदमहरु चालिरहेको छ।

एएसएमएलले अर्को वर्षको उत्तरार्धमा होक्काइदोमा प्राविधिक सहयोग केन्द्र स्थापना गर्ने योजना बनाएको बताइएकाे छ। यसले जापानमा २०२८ सम्ममा आफ्नो कार्यबललाई ४० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको उल्लेख छ।

जापान सरकारको पर्याप्त कोषद्वारा समर्थित रेपीडसले कस्टम-मेड, कटीङ इज माइक्रोचिप्स उत्पादन गर्न प्रतिस्पर्धी बजारमा प्रवेश गरिरहेको छ। कम्पनीले यी चिपहरूको जटिल सर्किटरीका लागि एएसएमएलको उन्नत इयूभी (एक्स्ट्रीम अल्ट्राभाेइलेट) लिथोग्राफी डिभाइसहरूमा भर पर्दै च्यालेन्जीङ  २ नानोमिटर प्राेसेस नोडमा चिपहरू उत्पादन गर्न तय गरिएको बताइएकाे छ।

अमेरिका-चीन सम्बन्धको पृष्ठभूमिमा, धेरै विदेशी प्राविधिक कम्पनीहरूले जापानमा नयाँ अप्रेसनहरू स्थापना गर्न छनोट गरिरहेका छन्। एएसएमएल फोटोलिथोग्राफी डिभाइसको विश्वको टप आपूर्तिकर्ताको रूपमा प्रख्यात छ। यसले कम्प्युटर चिप्समा सर्किटहरू इचिङ गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख छ।

जापानमा एएसएमएलको विस्तारले छिटोसे, होक्काइडो नजिकै प्राविधिक समर्थन आधार राख्नेछ, जहाँ लगभग ५० इन्जिनियरहरूले रेपीडसद्वारा निर्माण भइरहेको सेमीकण्डक्टर प्लान्टहरूमा प्रोटोटाइप उत्पादन लाइनमा इयूभी डिभाइसहरू स्थापना गर्नेछन्। यो समर्थन स्टार्टअप अपरेशन र निरन्तर मर्मतसम्भारमा सहयोग गर्न विस्तार गर्छ।

एकपटक रेपीडसले उत्पादन सुरु गरेपछि, जापान इयूभी-इक्वीप्ड मास-प्राेडक्सन लाइनहरू भएका स्थानहरूको रूपमा संयुक्त राज्य अमेरिका, ताइवान, दक्षिण कोरिया र आयरल्याण्डको श्रेणीमा सामेल हुनेछ। यस विस्तारले सम्बन्धित सामग्री निर्माताहरूको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै पूर्वी एसियाली अर्धचालक (सेमिकण्डक्टर) आपूर्ति श्रृंखलामा जापानको बढ्दो महत्त्वलाई रेखांकित गर्छ।

बढ्दो भूराजनीतिक जोखिमहरूको बीचमा, अमेरिकी चिप उपकरण निर्माताहरूले पनि जापानमा आफ्नो कार्यहरू विस्तार गरिरहेका छन्।

एप्लाइड मटेरियल्सले आगामी वर्षहरूमा जापानमा आफ्नो कार्यबल ६० प्रतिशत बढाउने योजना बनाएको छ, जबकि लाम रिसर्चले कुमामोटोमा आफ्नो प्राविधिक सहयोग आधार स्थानान्तरण र विस्तार गरेर होक्काइडोमा नयाँ सुविधा खोल्ने विचार गरिरहेको उल्लेख छ।

यसैबीच, टोकियो इलेक्ट्रोनले दक्षिण कोरियामा आफ्नो प्रविधि विकास सुविधा विस्तार गर्दै र हिताची हाई-टेकले अमेरिका, दक्षिण कोरिया र ताइवानमा आधार निर्माण र विस्तार गर्न जारी राख्दै जापानी चिपमेकिंग उपकरण निर्माताहरूले अन्य देशमा आफ्नो छाप बनाइरहेका छन्।

एएसएमएलले जापानमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै र रेपीडसले उन्नत चिप निर्माणलाई अग्रगामी बनाउने प्रयास गर्दा, विश्वव्यापी अर्धचालक उद्योगले गतिशील परिवर्तनको साक्षी दिइरहेको छ। जापान यस हाइ-स्टेक क्षेत्रमा एक महत्वपूर्ण खेलाडीको रूपमा उदाइरहेको छ।

प्रकाशित: ११ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार