काठमाडौं ।
के बृहस्पतिको चन्द्रमामा पृथ्वी बाहिर जीवनको खोजी पूरा गर्न सकिन्छ? नासाको जेम्स वेब स्पेस टेलिस्कोपको सहयोगमा वैज्ञानिकहरूले एउटा ठूलो सुराक फेला पारेका छन्।
उनीहरूले बृहस्पतिको चन्द्रमा युरोपाको बरफ सतहमा कार्बन डाइअक्साइड रहेको पत्ता लगाएका छन्। युरोपामा रहेको कार्बन डाइअक्साइड उल्कापिण्ड वा बाह्य स्रोतबाट नभई यसको महासागरबाट उत्पन्न भएको निष्कर्ष पनि यसले पत्ता लगायो।
यसको मतलब युरोपाका महासागरहरूले सम्भावितरूपमा जीवनलाई समर्थन गर्न सक्छन् र वैज्ञानिकहरूले यसबारे थप अनुसन्धान गर्न आवश्यक छ।
बृहस्पतिको चन्द्रमा युरोपा हाम्रा वैज्ञानिकहरूको लागि धेरै महत्त्वपूर्ण छ। अमेरिकी अन्तरिक्ष एजेन्सीले धेरै मिसनहरूमार्फत बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमाको अन्वेषण गरिरहेको छ। नुनिलो तरल पानीको ठूलो उपसतह महासागर यहाँ अवस्थित हुन सक्छ। यस कारणले, यो जीवनको खोजको लागी वैज्ञानिकहरुको सूचीमा एक प्रमुख स्थान राख्छ।
जीवनको अस्तित्वको लागि जिम्मेवार मुख्य रसायन मध्येको एक कार्बन युरोपाको महासागरमा छ कि छैन भनेर अहिलेसम्म थाहा थिएन। नयाँ खोजले युरोपाको सतह र यसको उपसतह महासागर बीचको सम्बन्धलाई पनि सुझाव दिन्छ। नासाको प्रतिवेदनमा युरोपाको तारा रेजियो भन्ने क्षेत्रमा सबैभन्दा बढी कार्बन डाइअक्साइड भेटिएको उल्लेख छ।
यो खोजले युरोपा जीवनको उपस्थिति पत्ता लगाउन उपयुक्त छ कि छैन भनेर पत्ता लगाउन मद्दत गर्ने वैज्ञानिकहरू बताउँछन्। यो जीवनको लागि राम्रो ठाउँ हुनसक्ने वैज्ञानिकहरूले विश्वास गरिरहेका छन्। हालको खोजले भविष्यका मिसनहरूलाई पनि मद्दत गर्न सक्छ।
नासाले सन् २०२४ मा युरोपा क्लिपर मिसन प्रक्षेपण गर्ने योजना बनाएको छ। यो मिसनले युरोपलाई अझ राम्रोसँग अन्वेषण गर्नेछ। यसले युरोपमा जीवनको कति सम्भावना छ भनेर पत्ता लगाउनेछ।
प्रकाशित: ६ आश्विन २०८०, शनिबार