दूरसञ्चार प्राधिकरणको कर्मचारी यूनियन निर्वाचनमा जैशीको नेतृत्वमा प्यानलै बिजयी

  • Technology Khabar | ५ आश्विन २०८०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको कर्मचारी यूनियन निर्वाचनमा जैशीको नेतृत्वमा प्यानलै बिजयी

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी युनियनहरुको आज शुक्रबार भएको निर्वाचनमा शिवराज जैशी समूहले ‘क्लिन स्विप’ गरेको छ।

आधिकारिक कर्मचारी यूनियन नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनका लागि भएको दुई समूहबीचको प्रतिस्पर्धामा जैशी समूह बिजयी भएको हो।

निर्वाचन समितिले घोषणा गरेको मत परिणामअनुसार यूनियन अध्यक्षमा शिवराज जैशी निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी कैलाश कार्कीलाई २० का विरुद्ध २३ मत ल्याउँदै हराएका छन्।

यस्तै कार्की समूहबाट उपाध्यक्षमा सरिता ज्ञवालीले १३ मत ल्याउँदा जैशी समूहबाट बिजयी भएकी सोनू केसिले २९ मत हासिल गरेकी छन्।

यसैगरी सचिवमा बिजयी भएका राजु रिजालले ३१ मत ल्याएका छन् भने प्रतिस्पर्धी धमेन्द्र मेहताले १२ मत हासिल गरे। रिजालले सबैभन्दा धेरै मत ल्याएर लोकप्रिय भोट हासिल गरेको देखिन्छ।

कोषाध्यक्षमा जैशी समूहबाटै मनोज पौडेलले २६ मत ल्याएर जित हासिल गरे भने प्रतिस्पर्धी नवराज पुरीले १७ मत पाए।

यस्तै सदस्यहरुमा सागर कुमार भट्टराईले २६ मत, निरु कुमारी लेखकले २१ मत र राधेश्याम मल्लले २८ मत ल्याएका छन्। तीनैजना जैशी समूहबाट चुनावी प्रतिस्पर्धामा थिए।

आजको निर्वाचनमा कुल ४३ मत खसेको थियो।

नेपाल दूरसञ्‍चार प्राधिकरणका कर्मचारीहरुको(सेवा शर्त सम्बन्धी) विनियमावली,२०७६ अनुसार युनियनमा सहभागी हुने र मतदान गर्ने अधिकार सहायक निर्देशक र सो भन्दा मुनिका कर्मचारीहरुलाई रहेको छ।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार