विद्युतीय सवारी उत्पादक निओको पहिलो स्मार्टफोन सार्वजनिक

  • Technology Khabar | ५ आश्विन २०८०, शुक्रबार
विद्युतीय सवारी उत्पादक निओको पहिलो स्मार्टफोन सार्वजनिक

काठमाडौं ।

चिनियाँ विद्युतीय सवारी उत्पादक निओले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार चीनमा एक कार्यक्रम मार्फत स्मार्टफोन घोषणा गरेको हो।

फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट र पछाडि ५० मेगापिक्सेलको तीन क्यामरा दिइएको जीएसएमएरिनाले उल्लेख गरेको छ। सर्वप्रथम कार कम्पनीको नाताले नियोले फोनलाई कारको किको रुपमा प्रयोग गर्न सक्ने गरी डिजाइन गरेको छ। अफ हुँदा पनि यसले काम गर्छ। र यो ३० भन्दा बढी सवारी सम्बन्धित सुविधा मध्ये एक हो जुन डेडिकेटेड एपको माध्यमबाट सक्षम हुन्छ।

फोनमा ६.८१ इन्चको एलटीपीओ ओएलईडी डिस्प्ले छ। जसले १२० हर्ज रिप्रेस रेट र १८०० निट्स पिक ब्राइटनेस प्रदान गर्ने कम्पनीको दाबी छ। यसको रिजोल्युसन १४४९ पिक्सेल छ। फोन १२ जीबी र १६ जीबी र्याम र ५१२ जीबी र १ टीबी स्टोरेजमा उपलब्ध छ।

क्यामरा आईल्याण्डको डिजाइन सर्कुलर र रेक्ट्याक्गुलर सेटअपमा छ। सबै तीन सुचर सहित एलईडी फ्ल्यास स्क्वायर फर्ममेसनमा राखिएको छ। तल बाँया कुनामा रहेको ५० मेगापिक्सेलको मुख्य क्यामरामा सोनी आईएमएक्स७०७ सेन्सर र ओआईएस छ। माथिल्लो बायाँमा सोनी आईएमएक्स७६६ र ११०–डिग्री एफओभी साथ अल्ट्रा-वाइड-एंगल शूटर छ, जबकि तेस्रो शूटर, तल दायाँ कुनामा राखिएको छ। यसमा सोनी आईएमएक्स८९० सेन्सर, २.८ एक्स अप्टिकल जूम र ओआईएस भएको पेरिस्कोप टेलिफोटो क्याम छ।

निओ लिंक कारसँग सम्बन्धि सबै सुविधाका लागि जिम्मेवार एप हो। यूडब्ल्यूबी प्रविधिबाट मालिक फोनको नजिक भएको कारले थाहा पाउँछ र स्वचालित रुपमा लक र अनलक हुन्छ। एपले एयर कन्डिसन, सिट एडजस्टमेन्ट र म्यूजिक कन्ट्रोल गर्ने अनुमति दिनुका साथै ब्याट्री क्षमता र अनुमाति रेञ्जको स्थितिको रिपोर्ट पनि दिन्छ।

निओ फोन ब्ल्याक, लाइट ब्लू, गोल्ड, डार्क ब्लू, ग्रिन, ग्रे, रोज गोल्ड गरी ७ कलर विकल्पमा बिक्री गरिनेछ।

१२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ९०० अमेरिकी डलर, १२ जीबी र्याम र १ टीबी स्टोरेजको मूल्य ९५० अमेरिकी डलर र १६ जीबी र्याम र १ टीबी स्टोरेजको मूल्य १ हजार २५ अमेरिकी डलर तोकिएको छ।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...