Technology Khabar ५ आश्विन २०८०, शुक्रबार
काठमाडौं ।
एप्पल आईफोन १५ सिरिज हालै मात्र अनावरण गरिएको थियो। २०२३ आईफोन लाइनअप हाल प्रि–अर्डरको लागि उपलब्ध भएको र ब्रान्डले नयाँ स्मार्टफोनहरूको लागि छुट पनि ल्याइरहेको उल्लेख छ।
यसै क्रममा छिमेकी देश भारतमा पनि एप्पलको केही पुराना आईफोन मोडलहरूका साथै नयाँ आईफोन १५ सिरिजका लागि छुटहरूको घोषणा गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
एप्पल आईफोन १५ सिरिज
कुपर्टिनो बेस्ड जायन्टले आईफोन १५ लाईनअपमा ६,००० भारतीय रुपैयाँ सम्म छुट प्रदान गर्ने भएको उल्लेख छ। त्यसैले अब, एप्पल आईफोन १५ र आईफोन १५ प्लसमा ५,००० भारतीय रुपैयाँ छुट पाइने भएको छ।
त्यसैगरी आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा पनि ६,००० भारतीय रुपैयाँ छुट पाइने जनाइएको छ। अर्को शब्दमा भन्नु पर्दा आईफोन १५ को मूल्य अब ७४,९०० भारतीय रुपैयाँ बाट सुरु हुनेछ भने आईफोन १५ प्लसको मूल्य ८४,९०० भारतीय रुपैयाँ बाट सुरु हुने उल्लेख गरिएको छ। आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा भने प्रभावकारी मूल्य ट्यागका साथ क्रमशः १,२८,९०० भारतीय रुपैयाँ र १,५३,९०० भारतीय रुपैयाँ हुने उल्लेख गरिएको छ।
एप्पलले भारतमा आईफोन १५ लाईनअपमा मात्र विशेष रूपमा छुट प्रदान नगरेर केही पुराना आईफोनहरूका साथै केही एपल वाच मोडेलहरूमा पनि छुट प्रदान गर्ने उल्लेख गरिएको छ।
डिभाइसहरू २२ सेप्टेम्बर २०२३ देखि बिक्री गर्नका लागि योजना गरिएको छ।
प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार