रोकिएको अनुसन्धान सहयोग कार्यक्रमलाई यस वर्ष निरन्तरता दिने नाष्टको भनाई

Technology Khabar २ आश्विन २०८०, मंगलवार

रोकिएको अनुसन्धान सहयोग कार्यक्रमलाई यस वर्ष निरन्तरता दिने नाष्टको भनाई
नाष्टको केन्द्रिय कार्यालय भवन

काठमाडौं ।

युवा वैज्ञानिकहरूका लागि अनुसन्धान सहयोग कार्यक्रमको लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) ले प्रस्ताव पेश गर्न आव्हान गरेकोमा उक्त कार्यक्रम रोक्का हुने भएको छ।

यसअघि मङ्सिर २० मा गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी नास्टले युवा वैज्ञानिकहरुका लागि अनुसन्धान सहयोगकार्यक्रम अन्तर्गत प्रस्ताव पेश गर्न आव्हान गरेको थियाे।

प्राविधिक कारणले उक्त कार्यक्रम रोक्का हुन गएको र सो कार्यक्रमलाई यस आर्थिक वर्ष ०८०/०८१ मा निरन्तरता दिइने सूचनामा उल्लेख छ।

त्यसका लागि गत आर्थिक वर्षमा पेश गरिएका प्रस्तावहरूको छनोट प्रक्रिया अघि बढाउने निर्णय भएकाले अनुसन्धान प्रस्तावका आवेदकहरुले आफ्नो वर्तमान अवस्था (प्रेजेन्ट स्टेटस ) हालसम्म अद्यावधिक नगरेको भएमा असाेज १ गतेदेखि  २१ दिन भित्र कार्यालय समय भित्र अद्यावधिक गर्न सूचनामा उल्लेख छ।

यस्तै, कार्यविधिअनुसार विद्यालयस्तरमा गरिने अनुसन्धान मावि, विज्ञान र अर्काे वैज्ञानिक समाज र प्रविधि समाजको अनुसन्धान कार्यक्रमका लागि न्यून संख्यामा प्रस्तावहरु प्राप्त हुन आएको उल्लेख छ।

क्याम्पस स्तरको स्नातक तह, विज्ञान प्रविधिमा गरिने अनुसन्धानका लागि प्राप्त प्रस्तावका आवेदकहरुलाई आफ्नो वर्तमान अवस्था अद्यावधिक गर्न अनुरोध गर्दा पनि अत्यन्त न्यूनले मात्र उक्त विवरण पेश गरेको बताइएकाे छ।

त्यस्तै, स्नातक तहको अन्तिम वर्षको परीक्षा भईसकेको वा शुरु हुने अवस्था रहेकाले मूल्यांकन समितिको निर्णयअनुसार उक्त ३ ओटा विधागत समूहहरुमा अनुदानका लागि २१ दिन भित्र नयाँ प्रस्ताव सहितको आवेदन पेश गर्न सूचना मार्फत आव्हान गरिएकाे छ।

प्रकाशित: २ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया