अब फुडमाण्डूमा भोक अनुसार अर्डर गर्न सकिने, डेलिभरी शुल्क पनि घट्यो

  • Technology Khabar | २९ भाद्र २०८०, शुक्रबार
अब फुडमाण्डूमा भोक अनुसार अर्डर गर्न सकिने, डेलिभरी शुल्क पनि घट्यो

काठमाडौं ।

अनलाइन फुड डेलिभरी कम्पनी फूडमाण्डूले न्यूनतम अर्डर सीमा हटाएको छ। अब फुडमाण्डूमा उपभोक्ताले आफ्नो भोक अनुसार खाना अर्डर गर्न सक्ने भएका छन्।

फुडमाण्डूले न्यूनतम ५०० रुपैयाँको खाना अर्डर गर्नु पर्ने बाध्यात्मक व्यवस्था हटाएको छ। अब उपभोक्ताले आफ्नो भोक पुरा हुने खाना अर्डर गर्न सक्नेछन्। ५०० रुपैयाँभन्दा कमको खाना अर्डर गर्दा भने उपभोक्ताले कम्पनीलाई सानो अर्डर शुल्क बापत अतिरिक्त ५० रुपैयाँ भुक्तानी गर्नु पर्ने हुन्छ।

साथै कम्पनीले आफ्नो डेलिभरी शुल्क पनि घटाएको छ। साढे १ किलोमिटरसम्म डेलिभरी शुल्क २५ रुपैयाँ तोकिएको छ। र, त्यस पछि प्रति किलोमिटरका आधारमा २५ रुपैयाँ डेलिभरी शुल्क थप हुँदै जाने कम्पनीले ग्राहकहरुलाई पठाएको प्रबर्द्धनात्मक अभियानमार्फत जानकारी दिएको छ।

एक हजार रुपैयाँ वा सोभन्दा माथिको डेलिभरीको हकमा जति सुकै लामो दूरी भए पनि अधिकतम ७५ रुपैयाँ मात्र डेलिभरी शुल्क लाग्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...