आईफोन १५ ले अधिकतम ब्याट्री चार्ज सीमित गर्ने सुविधा उपलब्ध गराउने

  • Technology Khabar | २८ भाद्र २०८०, बिहीबार
आईफोन १५ ले अधिकतम ब्याट्री चार्ज सीमित गर्ने सुविधा उपलब्ध गराउने

काठमाडौं ।

आईफोन १५ ले प्रयोगकर्ताहरूलाई यसलाई अझ राम्रोसँग सुरक्षित गर्न अधिकतम ब्याट्री चार्ज सीमित गर्ने सुविधा उपलब्ध गराएको छ।

यो सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो डिभाइसको ब्याट्रीलाई कति चार्ज गर्न सकिन्छ भन्ने सीमा सेट गरेर यसको हेल्थ सुरक्षित गर्न अनुमति दिने उल्लेख छ।

आईओएस १७ आरसीमा फेला परेको कोडको आधारमा, जुन मंगलबार विकासकर्ताहरूलाई जारी गरिएको थियो, उक्त नयाँ फिचर फेला परेको हाे।यसले एप्पलको आगामी आईफोन १५ मा अधिकतम ब्याट्री चार्जलाई सीमित गर्ने क्षमता हुने संकेत गरेको हो।

चर्चाहरूको अनुमान झैं, आईफोन १५ र आईफोन १५ प्रोहरू दुबै लाइटनिंगको सट्टा यूएसबी-सी पोर्टको साथ आउने छन्।यसले प्रयोगकर्ताहरूले रिचार्ज गर्न आईफोन, आईप्याड र म्याक बीच एउटै केबल प्रयोग गर्न सक्नेछन्।

आईफोन १५ मा अधिकतम ब्याट्री चार्ज सीमित गर्ने विकल्प रहेको नाइन टू ५ म्याकले उल्लेख गरेकाे छ। यद्दपी, एप्पलले भने यो खुलाएको छैन।

सुविधा एकपटक उपलब्ध भएपछि, अप्सन ब्याट्री सेटिङ मेनुमा फेला पर्ने उल्लेख छ। फिचर बन्द भएपछी प्रयोगकर्ताहरूले एउटा सन्देश आईफोन “यसको पूर्ण क्षमतामा चार्ज हुनेछ” देख्नेछन्। यो सुविधा सक्रिय हुने बित्तीकै यसले प्रयोगकर्तालाई अर्काे सन्देश  ब्याट्री “करिब एक्स प्रतिशत  मात्र चार्ज हुनेछ” भनेर सूचित गर्ने बताइएको छ।

सेटिङ्स एपले प्रयोगकर्ताले सेट गरेको सीमामा आईफोनलाई अन्तिम पटक रिचार्ज गरेको समय पनि देखाउने छ। यो सुविधाले “अप्टिमाइज्ड ब्याट्री चार्जिङ” जस्तै काम गर्ने, जसले प्रयोगकर्ताको दैनिक दिनचर्या लर्न गर्ने बताइएकाे छ, जसले गर्दा प्रयोगकर्ताले चार्जरबाट आईफोन अनप्लग गर्दा ८० प्रतिशत भन्दा बढी ब्याट्री रिचार्ज गर्ना साथ समाप्त हुनेछ। नयाँ अप्सनले, यद्दपी, सधैं एक निश्चित ब्याट्री लेबलमा रिचार्जिङ सीमित गर्नेछ।

सामसङको ग्यालेक्सी जस्ता केही एन्ड्रोइड फोनहरूमा यस्तै सुविधा पहिले नै रहेका छन्।  सत् प्रतिशत  लिथियम-आयन ब्याट्री रिचार्ज गर्दा ब्याट्रीलाइफ छिटो बनाउँने भएकाले , फोन निर्माताहरूले केही परिस्थितिहरूमा रिचार्जिङ सीमित गर्न सुविधाहरू थपिरहेका छन्। यसो गर्दा, कम्पोनेन्ट लामो समयसम्म चल्ने उल्लेख छ।

धेरै आईफोन १४ प्रो प्रयोगकर्ताहरूले डिभाइसको अधिकतम ब्याट्री क्षमता कसरी द्रुतरूपमा घट्दै गएको भन्ने बारेमा गुनासो गरिरहेका बताइएको छ।यसले एप्पललाई प्रयोगकर्ताहरूलाई उनीहरूको आईफोनको ब्याट्री राम्रोसँग व्यवस्थापन गर्न दिने विकल्प प्रदान गर्न प्रेरित गरेको हुन सक्ने उल्लेख छ।

आइओएस १७ सोमबार, सेप्टेम्बर १८ मा सार्वजनिक हुनेछ। आईफोन १५ को लागि, प्रि-अर्डरहरू सेप्टेम्बर २२ को लागि आधिकारिक लन्च सेटको साथ यो शुक्रबार सुरु हुने बताइएको छ।

प्रकाशित: २८ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार