एप्पलले बाँकी सिजनको लागि एमएलएस सिजन पासको लागत २९ डलरमा घटायो

  • Technology Khabar | १८ भाद्र २०८०, सोमबार
एप्पलले बाँकी सिजनको लागि एमएलएस सिजन पासको लागत २९ डलरमा घटायो

काठमाडौं ।

एप्पलले नयाँ छुटको साथ अधिक फुटबल प्रशंसकहरूलाई (मेजर लिग सकर) एमएलएस सिजन पासको लागि साइन अप गर्न गराउने प्रयास गरेको छ।

सब्सक्रिप्शनले दर्शकले हरेक एमएलएस खेलमा पहुँच दिन्छ। अब मासिक १४.९९ अमेरिकी डलर वा २९ अमेरिकी डलरमा पूरा एमएलएस हेर्न पाउनेछन्। एमएलएस सिरिजनका लागि ९९ अमेरिकी डलर मूल्य तोकिएको थियो। यस्तै एप्पल टिभी प्लस सबस्क्राइबरले साइनको ७९ अमेरिकी डलरको तुलनामा मासिक १२.९९ अमेरिकी डलर वा बाँकी सिजनका लाउग २५ अमेरिकी डलर भुक्तानी गरे पुग्छ।

२०२३ को नियमित एमएलएस सिजन २५ फेब्रुअरीमा सुरु भएको र २१ अक्टोबरसम्म सञ्चालन हुनेछ। यद्यपि एमएलएस सिजन पासमा प्लेअफको लाइभ कभरेज पनि हुने छ। यो २५ अक्टोबर ९ डिसेम्बरसम्म निर्धारित गरिएको छ। अहिले साइन अप गर्ने फ्यानहरुले सस्तो मूल्यमा बाँकी एमएलएसको सिजन हेर्न पाउने टेकक्रन्चले उल्लेख गरेको छ।

एप्पलले आफ्नो सब्सक्राइबर बढाउन विश्वका लोकप्रिय फुटबलर तथा विश्व विजेता कप्तान लियोनल मेस्सीमा दाउ लगाएको छ। निल्सेनका अनुसार मेस्सीले जुलाईमा लिनियर टिभी नेटवर्क यूनीविजन्नको माध्यमबाट औसत १.७५ मिलियन दर्शका साथ आफ्नो अमेरिकी डेब्यु गरेका थिए। स्पोर्ट्स बिजनेस जर्नलका अनुसार, एमएलएस सिजन पासका करिब एक मिलियन सबस्क्राइबर पुगेको छ। जुनको ७ लाखबाट बढेर एक मिलियन पुगेको हो। प्लेअफ नजिक पुग्दा एमएलएस सिरिजन पासको सब्सक्राइबर अझै बढ्ने विश्वास गरिएको छ।

प्रकाशित: १८ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...